Sunday, November 17, 2024

पत्रपत्रिकामा आज : डाँडा खोतलिए, मूल सुके , रूख बचाउन साङ्ले अभियान

काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
कान्तिपुर
–आजको कान्तिपुरमा डाँडा खोतलिए, मूल सुके शिर्षकमा समाचार छापिएको छ। स्थानीय तहले जनप्रतिनिधि पाएसँगै देशभर नै सडक निर्माण पहिलो प्राथमिकतामा परेको छ । सबैभन्दा बढी बजेट सडकमा छुट्याइएको छ । स्थानीय तहबाटै निर्णय भएर डोजररएक्साभेटर खरिद गरिएका छन् ।

वातावरणीय अध्ययनबिनै डोजररएक्साभेटर प्रयोग गरी सडक खन्दा खानेपानीको मूल सुक्ने, धान फल्ने खेत बाँझिने र भूक्षयले बस्ती नै जोखिममा पर्नेजस्ता समस्या निम्तिएका छन् ।

एक्साभेटर प्रयोग गरेर सडक निर्माण र ढुंगाखानी सञ्चालन गर्दा खोटाङको पर्यटकीय मझुवागढी आसपासका खानेपानी मुहान सुकेका छन् । मुहान सुकेपछि स्थानीय बासिन्दा बसाइँ सर्न थालेका छन् । मझुवागढी आसपास जथाभावी एक्साभेटर प्रयोग गरेर ढुंगाखानी सञ्चालन गरिएको छ भने दिक्तेल–खानीडाँडा सडक निर्माण गरिएको छ ।

त्यसैगरी ३ दिनदेखि हिउँमै अलपत्र शिर्षकमा वसन्तप्रताप सिंहको समाचार छापिएको छ । बाक्लो हिमपातका कारण सडक अवरुद्ध भएपछि बझाङबाट धनगढी, महेन्द्रनगर र काठमाडौं जाने र त्यहाँबाट बझाङ भित्रिने यात्रु जयपृथ्वी राजमार्गको विभिन्न ठाउँमा अलपत्र छन् । यात्रुले सोमबार साँझदेखि रोकिएको बताए।

बझाङ थलाराका यात्रु किशोर विष्टले आफ्नो फेसबुकमा व्यंग्य र आक्रोश मिश्रित स्टाटस लेख्दै भनेका छन्, ‘बझाङमा चिलगाडी उडाउँछौं भनेर फेसबुकका भित्ता रंगाउने नेताहरू कता हराउनुभएको छ रु हामी ४र५ सय यात्रु ३ दिनदेखि हिउँमा फसेका छौं । जाडोले मर्ने बेला भइसक्यो । न खाना छ, न तातोको व्यवस्था छ । अब बरु चिलगाडी चाहिँदैन, एउटा डोजर पठाएर बाटो छिटो खुलाइदिनुस् ।’

नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा सडकको बीचमै रूख राखेर कालोपत्रे गर्ने तयारी शिर्षकमा तेजराज भट्टको समाचार छापिएको छ। सडक कालोपत्र गर्न गिटी बिच्छ्याइएको छ, रोलिङसमेत भइसकेको छ । तर, सडकभरि रूखैरूख छन् । सघन सहरी विकास आयोजनाअन्तर्गत निर्माणाधीन धनगढी क्षेत्रआसपासका ग्रामीण बस्तीका सडक यही हालतमा कालोपत्रे हुँदै छन् ।

सडक विभाग र वन विभागबीच समन्वय नहुँदा अनौठो सडक बन्न थालेको हो । तर, सडक बनेपछि दुर्घटना बढ्ला भनेर स्थानीय चिन्तित छन् ।

सघन सहरीअन्तर्गत झन्डै दुई अर्बको लागतमा धनगढी उपमहानगर क्षेत्रमा २२ किलोमिटर रिङरोडसहित ९२ किलोमिटर सडक निर्माण भइरहेको छ । संघीय आयोजना कार्यान्वयन इकाइ धनगढीका अनुसार निर्माणाधीन ९२ मध्ये ४२ किलोमिटर क्षेत्रमा २ सय ८४ वटा सानाठूला रूख छन् । यसरी औसतमा हरेक किलोमिटरमा सडकभित्र ७ रूख पर्छन् । धनगढीको रिङरोडअन्तर्गत पर्ने मनेहरा–जाखोरताल सडकमा मात्रै बीचमै दर्जनौँ रूख छन् ।

रिङरोडअन्तर्गत विभिन्न ठाउँमा साढे १५ किलोमिटर सडकमा कालोपत्रेका लागि गिटी बिच्छ्याएर रोलिङको काम सकिएको छ । अन्य केही खण्डमा पनि कालोपत्रेको तयारी भइरहेको आयोजना कार्यान्वयन इकाइले जनएको छ ।

नागरिक
–आजको नागरिकमा हिमपातले जनजीवन कष्टकर शिर्षकमा समाचार छापिएको छ । हिमपातसँगै बढेको चिसोले पश्चिम र पूर्वी नेपालका हिमाली तथा पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । तीन दिनयता लगातार हिमपात र वर्षाले चिसो बढेपछि जनजीवन कष्टकर बनेको हो । अत्यधिक चिसोले बालबालिका र वृद्धवृदद्धा भारमा परेका छन्। सम्पन्नका घरमा चिसो व्यवस्थापन गर्ने विभिन्न उपाय भए पनि विपन्न परिवारलाई सकस भएको छ । उच्च पहाडी र हिमाली जिल्लामा बुधबार पनि हिउँ परेको छ।

त्यस्तै रूख बचाउन साङ्ले अभियान शिर्षकमा अर्काे समाचार छापिएकाे छ । सुदूरपश्चिमको राजधानीस्थित तेघरी जंगलको अनुगमनमा पुगेका वातावरणविद् तथा प्रदेश सभा सदस्यको टोलीले सालका रुख बचाउन साङ्ले अभियान थालेका छन् । प्रदेश सभा बैठकले गत असोजमा सुदूरपश्चिम प्रदेशको राजधानी तेघरी जंगलमा तोकेको थियो । जंगलमा राजधानी तोकेको भन्दै चौतर्फी विरोधसमेत भएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार