Saturday, August 2, 2025

यसरी खुम्चिँदैछ टुँडिखेल(भिडियो रिपोर्ट)

ललितपुर – काठमाडौँको एकमात्र ठूलो क्षेत्रफलमा रहेको खुला स्थान टुँडिखेल बिस्तारै खुम्चिँदै गइरहेको छ।
विभिन्न सम्पदाको निर्माण सामग्री टुँडिखेलमा थुपारिँदा त्यसको आकार दिनानुदिन घट्दै गइरहेको छ।

०७२ को भूकम्पपछि केही समयको लागि भूकम्पपीडितको बासस्थान बनेको टुँडिखेल अहिले पुनर्निर्माणका सामग्री राख्ने स्थान बनेको छ।

टुँडिखेलको एकापट्टी धरहरा पुननिर्माणका सामग्री राखिएको छ भने टुँडिखेलसँगैको खुलामञ्चमा दरबार हाइस्कूल निर्माण गरिरहेको चिनियाँ कम्पनीले आफ्ना सामान राखेको छ।

काठमाडौँ महानगरले निर्माण गर्न लागेको भ्यूटावरका लागि पूरानो बसपार्कलाई पनि खुलामञ्चमै सारिएको छ । यसले गर्दा बाक्लो बस्तीले भरिएको काठमाडौँको केही खुला स्थान पनि विस्तारै भरिँदै गएको छ।

यसै विषयमा हाकाहाकीकर्मी शालिक भट्टले तयार पारेको भिडियो रिपोर्ट…

ताजा समाचार

सम्बन्धित समाचार