Saturday, November 16, 2024

पत्रपत्रिकामा आज : हिमालपारी ताल जम्ने चिसो, पानीसँगै गाउँमा हिउँ, कसरी जिऊँ

ललितपुर – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नागरिक
– आजको नागरिकमा हिमालपारी ताल जम्ने चिसो शिर्षकमा सन्तोष पोखरेल र सुशीलबाबु थकालीको समाचार छापिएको छ। हिमाली जिल्लामा अधिक चिसोका कारण तालतलैया जम्न थालेका छन्। तालको पानी जम्ने गरी मुस्ताङमा चिसो बढेको छ। चिसोका कारण बजार सुनसान छ भने मान्छेको आउजाउ पनि शून्यजस्तै भएको छ।

मुस्ताङमा आइतबार रातिदेखि हिमपात सुरु भएको थियो। सोमबार दिउँसो पनि बेलाबेला हिमपात भइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० का जोमसोम स्थित संरक्षण अधिकृत तुलसी दाहालले बताए। उनका अनुसार दिउँसोको तापक्रम पनि माइनस १ डिग्रीमा झरेको छ। सदरमुकाम जोमसोम आसपासका डाँडा र खोंच हिमपातले सेताम्य बनेका छन्।

राजधानी
–आजको राजधानीमा मुलकुभर मौसम बदली र हल्का वर्षा शिर्षकमा सविन शर्माको समाचार छापिएको छ । मुलुकभर मौसम बदली हुँदा कतिपय स्थानमा सोमबार हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार विहान काठमाडौँ उपत्यकालगायत देशका केही ठाउँमा पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।

त्यस्तै मुस्ताङमा हिउँ पर्यो, किसान खुसी शिर्षकमा सुन्दरकुमार थकालीको र पानीसँगै गाउँमा हिउँ, कसरी जिऊँ शिर्षकमा अर्जुन श्रेष्ठको समाचार छापिएको छ ।

नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा भू–मध्य सागरको वायुले वर्षा र हिमपात शिर्षकमा समाचार छापिएको छ । भू–मध्य सागरबाट उच्च वायुमण्डल हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले मुलुकका अधिकांश भेगमा हिउँदे वर्षासँगै हिमपात शुरु भएको छ। आइतबार बिहान भित्रिएको वायुको असर देशैभरि देखिएको छ।

सोही वायुको प्रभावले सुदूरपश्चिम र मध्यपश्चिमी भेगमा आइतबार साँझदेखि वर्षा र हिमपात शुरु भएको थियो भने सोमबार बिहानैदेखि त्यस्तै प्रभाव अन्यत्र पनि फैलिएको छ। भू–मध्यसागरबाट सिरिया, इरान, अफगानिस्तान, पाकिस्तान, उत्तरपश्चिम भारत हुँदै मुलुकको पश्चिमी भेगबाट भित्रिएको वायुको प्रभावले अहिले वर्षासँगै हिमपात गराएको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालले बताए।

यो हिउँदयामको स्वभाविक प्रक्रिया भए पनि यसको असर दीर्घकालीन नहुने बताउँदै उनले सोमबार साँझ नेपाल समाचारपत्रसँग भने–‘अहिलेको मौसमी प्रणाली मंगलबार पूर्वीभेगबाट सिक्किम र भुटानतर्फ मोडिँदै छ।’ बुधबार भने उच्च पहाडी र हिमाली भेगको मौसम धुमिएर केही ठाउँमा छिटफुट वर्षासहित हिमपात दोहोरिने रिमालले दावी गरे। मुलुकका अन्यको तुलनामा डडेल्धुरामा धेरै वर्षा भएको छ, त्यहाँ ९ मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ।

कान्तिपुर
–आजको कान्तिपुरमा अस्पतालको जग्गामा रजाइँ शिर्षकमा रमेशकुमार पौडेलको समाचार छापिएको छ। भरतपुर अस्पतालको नाममा ३० बिघा ११ कट्ठा ६ धुर जग्गा छ। तर १२ बिघाबाहेक बाँकी जग्गा अरूले नै उपभोग गर्दै आएका छन् । जग्गा प्रयोग प्रायस्ले निःशुल्क गरेका छन्।

भाडा तिर्नुपर्नेले चल्तीको भन्दा निकै थोरै मूल्य तोकेका छन् । त्यही न्यूनतम रकम पनि समयमा नपाएको भरतपुर अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालमा चार महिना पहिले मेडिकल सुपेरिटेन्डेन्ट नियुक्त भएपछि डा। कृष्णप्रसाद पौडेलले अस्पतालको लालपुर्जा लिएर जिल्ला मालपोत कार्यालय पुगे । त्यो बेला उनी छाँगाबाट खसेझंै भए, जति बेला मालपोत कार्यालय प्रमुख लालकृष्ण पौडेलले अस्पतालको नाममा रहेको साविक भरतपुर ५ ग कित्ता नम्बर १२ को पूरै जग्गा ७२ सालको वैशाख २४ देखि बैंकले रोक्का राखेको जानकारी गराए ।

ताजा समाचार

सम्बन्धित समाचार