काठमाडौँ –आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा हुम्लामा हिमपात, जनजीवन कष्टकर शिर्षकमा अर्जुन बोहराको समाचार छापिएको छ । बुधबार अपरान्ह साढे ४ बजे देखि हुम्लामा हिंपात हुँदा हुम्लाको जनजिवन कष्टकर बनेको छ । विहान बाट मौस बदलिई भई अपरान्ह ४ बजेबाट जिल्लाका उतरी साविकका गाविसका लिमी मुचु खगालगाउँ स्याँडा हेप्क्का र बरगाउँ सिमकोट लगायतका गाउँपालिकाहरुमा हिंपात भएको छ । हिंपात हुम्लाको उतरी साविक गाविसका लिमी, मुचु, खगालगाउँ, स्याँडा हेप्क्का र बरगाउँ सिमकोट लगायतका गाउँहरुमा हिंपात भएको छ ।
विहान देखि एकासी चिसो बढदा घर भित्रबाट निस्कन समेत समस्या परेको हो । यस बर्षमा ढिलै भए पनि पुस महिनाको अन्तिम सता भित्र हिंपात भएको छ । चिसोले सरकारी–गैरसरकारी कार्यलय सिमकोट बजारमा रहेका पसले अधिकांस गाउँमा जाडो बाट बाँच्न, बिजुली बाट हिटर ,आगो बालेर तापिरहेका छन ।
हुम्लाका अधिकाँस गाउँमा हिमपातले गर्दा चिसो बढेको छ। अहिले हुम्लामा हिंपात शुरु हँदा एसइइ परिक्षा दिने विद्यार्थी अध्यापनमा समेत प्रभावित बनाएको छ । हिमाली भेकमा रहेको गाउँपालिकामा रहेका विद्यालयहरुमा टिउसन कक्षा संचालन गर्न समेत समस्या भएको मानसरवर माविका शिक्षक अमर बहादुर शाहीले बताए।
गोरखापत्र
–आजको गोरखापत्रमा पुनःनिर्माणले गति लिँदै शिर्षकमा राधा चालिसेको समाचार छापिएको छ । काठमाडौंँ वसन्तपुरस्थित नौतले दरबारसँगै राजधानीका उपत्यकाका सम्पदा पुनःनिर्माणले गति लिन थालेको छ । गोरखा भूकम्प अर्थात् २०७२ वैशाख १२ गते र त्यसपछिको भूकम्पका कारण क्षतिग्रस्त भएका नौतले दरबारको छैटौँ तला भन्दा माथिको भाग, पूर्व र उत्तरपूर्वमा रहेका टावर निर्माण र जीर्णोद्वारको काम चाइनिज एकेडेमी अफ कल्चरल हेरिटेज (सीएसीएच)ले तीब्र गतिमा गरिरहेको छ।
सन् २०१७ अक्टोबरबाट काम थालेको सीएसीएचले ५८ महिनामा सम्पूर्ण काम सम्पन्न गर्नेगरी काम गरिरहेको हनुमानढोका दरबार संरक्षण विकास समितिका प्रवक्ता जयनारायण कार्कीले जानकारी दिए।
जीर्णोद्धारका क्रममा ललितपुर टावर तल्लो भागदेखि कै जिर्णोद्धारको काम सम्पन्न भइसकेको छ। कीर्तिपुर टावरको आवश्यक मर्मतसम्भार पनि भइसकेको छ। भक्तपुर टावरको जीर्णोद्वारको कार्य ५० प्रतिशत सम्पन्न भइसकेको सीएसीएचले जनाएको छ । उक्त टावरमा अब काठका कामहरू बाँकी रहेका छन्।
कान्तिपुर
–आजको कान्तिपुरमा प्रदूषण घटाउने मेसिन प्रभावकारी शिर्षकमा समाचार छापिएको छ । वायुमण्डलको प्रदूषण फिल्टर गर्न जडान गरिएका ‘एयर पोलुसन कन्ट्रेलर’ उपकरण प्रभावकारी पाइएका छन् । ती उपकरण प्रदूषण फिल्टर गरी स्वच्छ हावा फ्याँक्न सफल भएको नेपाल पर्यावरणीय तथा वैज्ञानिक सेवा प्रालि(एनईएसएस)ले दाबी गरेको समाचारमा उल्लेख छ।