Saturday, November 16, 2024

पत्रपत्रिकामा आज : जंगली पशुपंक्षीको मासु खुलेआम बेचबिखन, दृश्य प्रदूषणले कुरुप शहर

काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा ३ सय विद्युतीय बस किन्ने सरकारको तयारी शिर्षकमा मनोज रेग्मीको समाचार छापिएको छ। सरकारले काठमाडौँ उपत्यकाका लागि ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले सरकारले आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएको समाचारमा उल्लेख छ।

राजधानी
– आजको राजधानीमा इतिहास झल्कने धरहरामा अब आधुनिकता पनि टल्कन्छ शिर्षकमा समाचार छापिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहराबाट इतिहास झल्कने र आधुनिकता टल्कने दाबी गरेका छन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनर्निर्माण शिलान्यास समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विहीबार देशमा भइरहेको विकास निर्माण कार्यअन्तर्गत धरहराको शिलान्यास एउटा अंग मात्र भएको बताएको समाचारमा उल्लेख छ।

नागरिक
– आजको नागरिकमा जंगली पशुपंक्षीको मासु खुलेआम बेचबिखन शिर्षकमा जगत खड्काको समाचार छापिएको छ । बझाङको सदरमुकाम चैनपुरलगायत विभिन्न ग्रामीण बस्तीमा अवैध जंगली पशुपन्छीको मासु बिक्री हुने गरेको पाइएको छ। खुलेआम रूपमा जंगली पशुपन्छीको मासु अवैध रूपमा बिक्री–वितरण भइरहँदा पनि स्थानीय वन प्रशासन मूकदर्शक बनिरहेको छ।

सिकारीले लेकतिर हिमापत भएसँगै चिसो छल्न औलतिर झरेका डाँफे, मुनाल, कालिजजस्ता चरा तथा झारल, घोरल, मृग, थार, बुगुरु, बाघ, भालुजस्ता जनावरको गोली प्रहार गरेर तथा पासो थापेर मार्ने र तिनको मासु चैनपुरलगायत गाउँगाउँमा लगी खुला रूपमा बिक्री–वितरण गर्दा पनि वन प्रशासन कारबाहीमा उत्रिनुको सट्टा निरीह बनेको जनाइएको छ।

त्यस्तै काठमाडौंमा चिसो बढ्ने क्रम जारी शिर्षकमा भुवन शर्माको समाचार छापिएको छ। मौसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाको तापक्रम अझै घट्ने क्रममा रहेको जनाएको छ। महाशाखाका अनुसार समान्यतया पुस १५ देखि माघ १५ सम्म तापक्रम घट्ने क्रम जारी रहन्छ। तापक्रम सम्बन्धि यस्तो चक्रअनुसार प्रत्येक वर्ष पुसको सुरूवातासँगै तापक्रम निरन्तर घट्न थाल्छ।

महाशाखाका अनुसार बुधबार र बिहीबार काठमाडौंको न्यूनतम तापक्रम धेरै फरक रह्यो। बुधबार काठमााडांैको न्यूनतम तापक्रम १ दशमलमब ५ रह्यो भने बिहीबार न्यूनतम तापक्रम ५ दशमलब ५ पुगेको छ। बुधबार राती काठमाडौंमा बादल लागेको कारण बुधबार न्यूनतम तापक्रम बढेर १ दशमलब ५ पुगेको पूर्वानुमान महाशाखा मौसमविद् सुजन सुवेदीलले जनाए। उनले भने, ‘तर बिहीबार न्यूनतम तापक्रम ५ दशमलब ५ पुगेको छ।’ बुधबार रातीको तुलनामा बिहीबार राती जाडो कम भए पनि शुक्रबारबाट न्यूनतम तापक्रम बढ्दै जाने सम्भावना रहेको पनि उनले जनाए।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा दृश्य प्रदूषणले कुरुप शहर शिर्षकमा छेटु शेर्पाको समाचार छापिएको छ । सम्पदा नै सम्पदानको शहर हो काठमाडौँ । जताततै टाँसिएका पर्चा, पम्प्लेट, होडिङ बोर्ड र तारले झन यो कुरुप बनेको छ । युनेस्कोले विश्वका घुम्नैपर्ने १० शहरमध्ये काठमाडौँलाई पनि सूचीमा राखेको छ । तर, दृश्य प्रदूषणले उपत्यकाको सक्कली रुप देख्न सकिन्न ।
काठमाडाैँ उपत्यकामा मात्र विश्वसम्पदा सूचीमा रहेका सात सम्पदा छन्। यो विश्वमै पहिलो हो दृश्य प्रदूषणले शहरको रुप मात्र होइन, शहरी जीवन र वातावरणमा समेत नकारात्मक असर पारेको छ । यहाँ वायु प्रदूषणले पनि सीमा नाघेको छ । यसले उपत्यकाको जीवन कष्टकर बन्दै गएको वातावरणविद् भूषण तुलाधरको भनाइ रहेको समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार