काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।
कान्तिपुर
–आजको कान्तिपुरमा खोला फर्काउँदै संरचना शिर्षकमा टीकाप्रसाद भट्टको समाचार छापिएको छ। रणजोर खोलाको बहाब परिवर्तन गरी स्थानीयले मनलाग्दी पक्की संरचना निर्माण र सामग्री थुपार्न थालेका छन्। नापीको बेला सानो क्षेत्रमा बग्ने उक्त खोला अहिले आसपासको खेतीयोग्य जमिन बगाएर नाम नक्साबमोजिम आफ्नो जंग्गा संरक्षण गर्ने नाममा रणजोरमा पछिल्लो समय बेथिति बढेको हो । कानुनबमोजिम खोला र नदीले उकासेको जग्गा व्यक्तिको हुँदैन। विगतदेखि नै रणजोरको बगरको ढुंगा उठाउँदा राज्यले कर लिएकाले पनि उक्त खोला क्षेत्र व्यक्तिको हकभोगमा नरहेको दाबी स्थानीय तहको छ ।
नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा पानीको अभावले काकाकुल मात्रै बनाएन बासै उठायो शिर्षकमा गणेश साम्पाङको समाचार छापिएको छ । पानीलाई जीवनको सहारा मानिन्छ। पानी छ र न त हरियाली छ । मनमहोक प्रकृतिको रनवन छ र न त्यहीँ रमान पाएका छन् मान्छेसहितका जीवात्माहरू। तर, पाँचथर जिल्लाको यासोक कुम्मायक गाउँपालिकाको रानीगाउँ र स्याबरुम्बा उल्लिखित कथनको अपवाद बनेको छ।
प्रकृतिले नै ठेगेको छ यसलाई । पानीबिनाको माछीजस्तो भएका छन् यहाँ बासिन्दा। पानी नहुँदा काकाकुल मा भएका छैनन् , सिंगो बस्ती नै उजाड उजाड हुँदै छ । पानी अभावमा अधिकांश मानिसहरूको बासै उठेको समाचारमा उल्लेख छ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा मेलम्ची ठेक्का रद्द प्रकरण : खानेपानी सचिव मुख्य जिम्मेवार शिर्षकमा विकास थापाको समाचार छापिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द हुने अवस्थामा पुग्नुमा खानेपानी सचिव र मेलम्ची विकास समिति बोर्डका कार्यकारी निर्देशक मुख्य जिम्मेवार देखिएका छन् । ठेक्का रद्द भएको भोलिपल्टदेखि सुरु भएको वार्तामा सहमति जुट्न नसकेकाले आयोजनाको भविष्य अझै अन्योलमा छ।
खानेपानी सचिव गजेन्द्र ठाकुर र बोर्डका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई विवाद निरुपण बोर्ड (डीआरबी) ले कात्तिक ९ गते नै पुस १ गतेभित्र ३६ करोड रुपैयाँ भुक्तानी गर्न निर्देशन दिएको थियो । ठेकेदार सीएमसीले डीआरबीको निर्णयअनुसार कात्तिक १९ गते भुक्तानीका लागि सचिव ठाकुर र कार्यकारी निर्देशक कँडेललाई बिल दिएको थियो ।
सीएमसीको बिलउपर मन्त्रालय र बोर्ड दुवै कारबाही नगरी गुपचुप बसे । ठेकेदारले कात्तिक ३० गते स्मरणार्थ पुनः पत्र पठायो । फेरि पनि ठेकेदारको पत्रलाई वास्ता गरिएन । सीएमसीले मंसिर १८ गते डीआरबीले आदेश गरेको मिति ९पुस १ सम्म० भुक्तानी नदिए ठेक्का रद्द गरी काम रोक्न आफू बाध्य हुने अर्को पत्र लेख्यो । उक्त पत्र मेलम्चीले ‘प्राप्त गरेको’ भन्दै छाप लगाएर पठायो, तर फेरि पनि कारबाही गरेन ।
नागरिक
–आजको नागरिकमा राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र शिर्षकमा ध्रुव दंगालको समाचार छापिएको छ । ७७ जिल्ला समन्वय समितिका प्रमुख र उप्रमुखसहित सिन्धुपाल्चोकको पर्यटकीय स्थल मेलम्चीको गुफाडाँडामा हुन लागेको राष्ट्रिय जलवायु सम्मेलनको तयारी तीव्र पारिएको छ।
मूल आयोजक समितिले जलवायु परिवर्तनले निम्त्याइरहेको जल्दोबल्दो समस्या र असरउपर छलफल गर्न पुस १५ देखि तीन दिन चल्ने सम्मेलनको तयारी तीव्र गतिमा अघि बढाइएको जानकारी दिएको हो।
जिल्ला समन्वय समितिका प्रमुख गोपाल (कृष्णगोपाल) तामाङले सम्मेलन सफलतापूर्वक सम्पन्न गराउन मूल आयोजक समितिसहित विभिन्न १२ उपसमिति र विभाग बनाएर तयारी थालिएको बताए।
नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा तुइन चढेर कार्यालय जान्छन् जनप्रतिनिधि शिर्षकमा नरजन तामाङको समाचार छापएिको छ । तुइनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवतजावत गर्दै आएका छन् । उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होइन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन् ।
गाउँपालिका कार्यालय आवतजावत गर्न तुइनकै भर रहेको स्थानीय बासिन्दा मक्क रोकायाले बताए । ‘कर्णाली नदीमाथि तुइनमा यताउता गर्दा डर त लागिहाल्छ नि १ आङ सिरिङ हुन्छ,’ रोकायाले भने । दैनिक बिहान–बेलुका तुइनमा आवतजावत गर्दा समस्या हुने गरेको उनले बताए ।
बिरामी र बालबालिकालाई तुइनमा ओहोरदोहोर गराउँदा झन् समस्या हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । बालबालिका ढिलो गरी घर आउँदा नदीछेउमै पुग्ने गरेको स्थानीय रोकायाले सुनाए । ‘तुइन चुडिँइहाल्यो कि, केही भइहाल्यो कि भन्ने चिन्ता हुन्छ,’ उनले भने ।
कर्णाली नदीमा पुल निर्माणका लागि स्थानीय बासिन्दाले जिल्लाका सबै सांसद तथा नेतालाई गुहार्दै आएका छन् । गाउँपालिकामा त हरेक दिन आग्रह गर्छन् । तैपनि कसैले वास्ता नगरेको उनीहरूको गुनासो छ ।