काठमाडौँ– काठमाडौँ उपत्यकामा बढ्दै गएको वातावरणीय प्रदूषण कम गर्न माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।
प्रदर्शनी मार्गबाट शुरु भएको प्रदर्शनी भद्रकाली, शहिदगेट हुँदै महानगरपालिकाको कार्यलय अगाडि पुगेर रोकिएको थियो।
महागरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई वातावरणीय प्रदूषणक कम गर्न माग गर्दै नेविसंघले ज्ञापन पत्र बुझाएको छ।
देशका ७७ वटै जिल्लाका मानिस तथा विद्यार्थीहरू काठमाडौँमा बसोबास गरिरहेको र यहाँको प्रदूषणले उनीहरूको स्वास्थ्यमा प्रतिकुल असर पारेको भन्दै प्रदूषण कम गर्ने कार्यक्रम तत्काल लागू गर्न माग गर्दै उक्त प्रदर्शनीको आयोजना गरिएको नेविसंघका केन्द्रीय सदस्य तथा मास्क मुभमेन्टका संयोजक नवराज त्रिपाठीले बताए।
‘संविधानको भाग तीनको मौलिक हकको धारा ३० मा स्वच्छ वातावरणमा बाँँच्न पाउने हक हरेक नेपालीको रहेको बताइएको छ । साथै अर्को बुँदामा यदी वातावरण प्रदूषणको कारण कसैलाई क्षति पुगेमा उक्त प्रदूषण उत्पादन गर्नेले व्यहोर्ने जनाइएको छ,’ उनले भने, सो अनुरुप प्रत्येक नेपालीले स्वच्छ वातावरणमा बाँच्न पाउनुपर्छ भन्ने माग सहित हामी यो अभियानमा जुटेका हौँ ।’