Saturday, November 16, 2024

पत्रपत्रिकामा आज : चिसोका कारण बिरामी बढे, मेलम्चीमा ठेकेदार हावी

काठमाडौँ –आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएको छ ।

नागरिक
–आजको नागरिकमा मेलम्चीको लागत दशकमा दोब्बर शिर्षकमा हिमाल लम्सालको समाचार छापिएको छ । मेलम्ची खानेपानीको सुरुङ निर्माण गर्न सरकारले सन् २००१ मा एसियाली विकास बैंक (एडिबी)सँग ऋण सम्झौता गर्यो। सम्झौताअनुसार सन् २००७ सम्म १७ अर्ब ४३ करोड लागतमा मेलम्चीको पानी उपत्यकामा भित्र्याउने लक्ष्य राखिएको थियो। तर, उक्त अवधिमा ठेक्का प्रक्रिया नै सुरु हुन सकेन। सरकार र एडिबीबीच फेरि सन् २००८ मा आयोजना पुनर्संरचना गर्ने सहमति भयो। जसअनुसार लागत २३ अर्ब ४५ करोड रुपैयाँ पु(याइयो। सहमतिअनुसार सन् २०१३ सेप्टेम्बरसम्म सुरुङ निर्माण सम्पन्न हुनुपथ्र्यो तर चिनियाँ कम्पनीले सम्झौता भएको लामो समयसम्म जम्मा साढे ६ किलोमिटर सुरुङ निर्माण गर्यो। चिनियाँ कम्पनीले समयमै निर्माण सम्पन्न गर्ने नदेखेपछि २०१२ सेप्टेम्बर २५ मा ठेक्का तोडिएको समाचारमा उल्लेख छ।

त्यस्तै चिसोका कारण बिरामी बढे शिर्षकमा पवित्रा सुनारको समाचार छापिएको छ । सातादेखि बढेको चिसोका कारण अस्पतालहरुमा चिसोका बिरामी बढेका छन्। उनीहरुमा दम, ब्रोकेंल आज्मा, टन्सिल, निमोनियाँ, रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेलगायतका रोग देखिएको अस्पतालका चिकित्सकले जनाएका छन्।

वीर अस्पताल मेडिकल विभागका अनुसार दैनिक उपचारमा आउने बिरामीमध्ये ५० प्रतिशत चिसोका छन्। उनीहरुमध्ये दम भएका वृद्ध–वृद्धाहरु चिसोकै कारण जटिल बनेपछि आकस्मिक कक्षबाट अस्पताल भर्ना भएर उपचार हुने गरेको वीर अस्पताल मेडिकल विभागका फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठले बताएको समाचारमा उल्लेख छ।

नेपाल समाचारपत्र
–अाजकाे नेपाल समाचारपत्रमा मेलम्ची खानेपानी अायाेजनामा फेरि गाेलमाल शिर्षकमा सुरेश तामाङकाे समाचार छापिएकाे छ।बहुचर्चित राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजना पछिल्लो चरण चर्चामा छ। तीन दशकदेखि निर्माणाधिन यस आयोजना सम्पन्न हुने अन्तिम चरणमा पनि अन्योय सृजना भएको छ।

सुरुङ निर्माण गरेर काठमाडौंमा पानी ल्याउने जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सिएमसि दि रेभन्ना) का कर्मचारी स्वदेश फर्कने क्रममा पक्राउ परेको विषयले मेलम्चीको चर्चा झन चुलिएको हो।

त्यस्तै धमाधम निर्माण हुँदै नेपाल–चीन जोडने सडक शिर्षकमा नानीराम नेपालको समाचार छापिएको छ । विनाशकारी भुकम्पको कारण तहसनहस भएको सीमा क्षेत्रको सडक र मितेरी पूल पुननिर्माणमा तदारुकता देखिएपछि सीमावासीमा तीनन वर्षसम्म बन्द रहेको तातोपानी नाका संचालन हुने आशा जगाइदिएको छ।

भूकम्प, भोटेकोसी बाढी र पछिल्लो लार्चा पहिरोले नाकालाई अनिश्चित बनाइरहेका बेला सडक, पुल, सुख्खा बन्दरगाह लगायतका भौतिक पूर्वाधार पुननिर्माणको काम तीव्र गतिमा सुरु भएपछि सीमावासीमा नाका खुल्ने आशा जागेको हो। नाका संचालनको पर्खाईमै तीन वर्ष गुजारेका सीमावासी चिनीयाँले सीमाक्षेत्रमा एकसाथ पूर्वाधार निर्माण थालेपछि स्थानीवासी हौसिएका छन्। ‘अब नाका खुल्दैन कि भन्ने चिन्ता रहेन, ढिलोचाँडो अब नाका खुल्छ’, भोटेकोसी गाउँपालिका–५ का स्थानीय तीर्थबहादुर थापाले खुसी ब्यक्त गरेको समाचारमा उल्लेख छ।

गाेरखापत्र 
–अाजकाे गाेरखापत्रमा मेलम्चीकाे काम प्रभावित हुँदैन शिर्षकमा समाचार छापिएकाे छ। खानेपानी मन्त्रालयले मेलम्ची अायाेजनाकाे पछिल्लाे घटनाक्रमपछि अायाेजनाकाे काम प्रभावित नहुने जनाएकाे छ। खानेपानी मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै अायाेजनाकाे समस्या समाधान गर्न मन्त्रालय निरन्तर क्रियाशिल रहेकाे पनि जनाएकाे छ।

अन्नपूर्ण पाेस्ट
–अाजकाे अन्नपूर्ण पाेस्टमा मेलम्चीमा ठेकेदार हावी शिर्षकमा विकास थापाकाे समाचार छापिएकाे छ। खानेपानी मन्त्रालयले विकसित परिस्थितिबाट मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य प्रभावित नहुने जनाएको छ। मेलम्चीको हालकै ठेकेदार इटालियन कम्पनी सीएमसीसँग काम जारी राख्ने वा नयाँ ठेक्का गर्ने विकल्पमा छलफल भइरहेको खानेपानी सचिव गजेन्द्र ठाकुरले मंगलबार विज्ञप्ति जारी गरी आश्वस्त हुन आग्रह गरे।

‘आयोजनाप्रति कहीं कतै आशंका नगर्न र निर्माण कार्यमा नेपाल सरकारलाई आ–आफ्नो स्थानबाट सकारात्मक सुझाव र उत्प्रेरणा प्रदान गर्नु हुन सम्पूर्णमा हार्दिक अपिल गर्दछौं’, विज्ञप्तिमा छ। खानेपानीमन्त्री बिना मगर, सचिव ठाकुर, आयोजना प्रमुख सूर्यप्रकाश कँडेललगायतले केही महिनाभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने सार्वजनिक रूपमै घोषणा गर्दै आएका थिए। सीएमसीले भुक्तानी नपाएको कारण देखाउँदै काम रोकेपछि सचिव ठाकुरले ‘आयोजना निर्माण तालिका प्रभावित नहुने’ भन्दै विज्ञप्ति जारी गरेका हुन्।

मंसिर २७ सम्म भुक्तानी नपाए आफूले काम नगर्ने चेतावनी सीएमसीले मन्त्रालयलाई दिइसकेको थियो। उसले नेपालमा कार्यरत मजदुर, विभिन्न निर्माण सामग्री, यन्त्र उपकरणका आपूर्तिकर्तालाई भुक्तानी दिन नपाएको भन्दै विवाद निरुपण बोर्ड ९डीआरबी० ले तय गरेको ३६ करोड रुपैयाँ तत्काल निकासा गर्न ताकेता गर्दै आएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार