Saturday, November 16, 2024

देशभर चिसो बढ्यो, जनजीवन कष्टकर

काठमाडौँ – विगत दुई दिनदेखि अचानक बढेको चिसोले देशभरको जनजीवन प्रभावित भएको छ। एक्कासी बढेको चिसो र शितलहरका कारण सिरहा जिल्लाको अस्पतालमा बिरामीको चाप बढेको छ।

बाक्लो हुस्सु र चिसो हावाले रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन्। सिरहा सदरमुकामस्थित जिल्ला अस्पताल, लहान अस्पताल तथा ग्रामीण भेगका सरकारी स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ।

दुधे बालकदेखि ६० बर्षसम्मका वृद्धवृद्धा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियालगायतको प्रकोपबाट पीडित भएका छन्। पछिल्ला दुई दिनयता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निकै पातलिएको छ भने सरकारी कार्यालयमा सेवाग्राहीको सङ्ख्या ह्वात्तै घटेको छ। चिसोले बिरामी परेका दैनिक करीब २० देखि २५ सम्म उपचारका लागि आउने गरेको सिरहा जिल्ला अस्पालका चिकित्सकले बताएका छन्। दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्ने सर्वसधारण पनि प्रभावित भएका छन्। बढेको चिसोको कारण न्यानो कपडा पसलमा भीड लाग्न थालेको देखिएको छ। सर्वसधारण आगो तापेर बस्न थालेका छन्।

चिसोको कारण जनजीवन तथा सर्वसाधारण गरीब, विपन्न बस्तीका चोकमा आगोको व्यवस्थाका लागि दाउरा नगरपालिका, डिभिजन वन कार्यालय सिरहा तथा सम्बन्धित सरोकारवालालाई परिपत्र गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए।

ताजा समाचार

सम्बन्धित समाचार