काठमाडौँ – लामो समयदेखि चर्चामा रहेको मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न हुनै लाग्दा प्रहरीले निर्माणमा संलग्न ठेकेदार कम्पनीका प्रमुख सहित ८ जनाको पासपोर्ट नियन्त्रणमा लिएको छ।
सरकारले इटालियन ठेकेदार कम्पनी सिएमसीका प्रमुख क्रिस्टियानो क्रुजोसहित ८ जनाको पासपोर्ट नियन्त्रणमा लिएको छ।
ठेकेदारसहित २९ जना कर्मचारी दुई दिनदेखि काम छाडेर हिडेपछि उनीहरूको पासपोर्ट जफत गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । सरकारले दिएको समय सकिन ४६ दिन बाँकी रहँदा क्रिसमसको बाहानामा नेपाल बाहिरिन खोजेपछि उनीहरूको पासपोर्ट जफत गरिएको प्रहरीको भनाई छ।