Friday, November 15, 2024

निजगढ विमास्थल : डीपीआर बिना निर्माण अगाडि बढाउन नहुने समन्वय समितिको निष्कर्ष

काठमाडौँ – लामो समयदेखि चर्चामा रहेको निजगढ अन्तराष्ट्रिय विमानस्थलको डीपीआर तयार नभएसम्म निर्माण कार्य अगाडि बढाउन नहुने संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बताएको छ।

बिना डीपीआर ईआईए रिपोर्टको आधारमा मात्रै काम भइरहेकोले डीपीआर तयार नभएसम्म कुनै पनि काम गर्न नहुने निष्कर्ष समितिको रहेको छ।

बिना डीपीआर काम भइरहेकोले विभिन्न विवाद भएको भन्दै समितिले विमानस्थलको डीपीआर तयार गरी टेण्डर प्रक्रियाबाट काम अगाडि बनाउन सरकारलाई निर्देशन दिनसक्ने समेत जनाएको छ।

यसअघि वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले वातावरण र विकासबीचको सन्तुलन र सम्बन्धलाई एक अर्कामा अन्योन्याश्रित गर्दै अघि बढ्ने मन्त्रालयको प्राथमिकता र दृष्टिकोण रहेको बताएका थिए।

ताजा समाचार

सम्बन्धित समाचार