Friday, November 15, 2024

तान्जानियामा अज्ञात रोगबाट आठ हात्ती मरे

आरुशा– तान्जानियाको नगोरोङगोरो जिल्लामा अज्ञात रोगको कारण आठ हात्ती मरेका छन्।

स्थानीय अधिकारीहरुले अज्ञात रोगका कारण हात्तीहरु मरेको घटनाले आफूहरुलाई चिन्तित बनाएको आइतबार बताएका छन्।

वन्य जीवजन्तु उप प्रमुख जोसेफ मेङ ओरोले यस घटनाको विषयमा थप विवरण आउन बाँकी नै रहेको जानकारी दिए। साथै यस अज्ञात रोगबाट थप हात्तीको हताहतको आशङ्का समेत उन व्यक्त गरे।

तान्जानिया वन्यजन्तु अनुसन्धान निकायले यस अज्ञात रोगबाट स्तनधारी हात्तीको मृत्यु भएको पुष्टि गरेको छ।

उनले घटनाका बारेमा प्रमाणहरु सङ्कलन गर्ने र कारण पत्ता लगाउने तथा थप फैलिन नदिनका लागि नियन्त्रण गर्ने प्रयास भइरहेको पनि जानकारी दिए।

नाकबाट रक्तश्राव हुने, चक्कर आएजस्तो गर्ने, छटपटीनेलगायतका अस्वभाविक र अप्ठ्यारो भएजस्ता गतिविधि देखाउने गरेको समाचारमा जनाइएको छ। एजेन्सी

ताजा समाचार

सम्बन्धित समाचार