Friday, November 15, 2024

पत्रपत्रिकामा आज : धुलो पखाल्दै महानगर, विराटनगरमा नयाँ बसपार्क

काठमाडौँ –आजको पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन् ।
कान्तिपुर
–आजको कान्तिपुरमा दिनहुँ बेल्चा र ब्रुमर शिर्षकमा समाचार छापिएको छ । धूलोधूवाँ र फोहोर काठमाडौँको मुख्य समस्या । महानगरको एउटै लक्ष्य नो माक्स सिटी । महानगरले विभिन्न स्थानमा ग्रिनरी मेन्टेन गर्ने आइल्याण्ड बनाएर पानी हाल्ने का मगर्दै आएको पनि हो । त्यतिले मात्रै कुरुप महानगरको सौन्दर्य फेर्न नसक्ने भएपछि पछिल्लो समय जनप्रतिनिधि र कर्मचारी आफैँ सरसफाइमा जुटेका छन् ।
उनीहरू हरेक शनिबार बिहान झाडू, डस्टबिन, बेल्चा, ब्रुमर, जेट मेशिन गाडी लिएर रत्नपार्कमा जम्मा हुन्छन्। सडक सफाइ गर्दै विभिन्न् स्थानमा पुग्छन्। नियमित सफाइमा सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी र सरोकारवालाले पनि साथ दिँदै आएका छन्।

अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा विराटनगरमा नयाँ बसपार्क शिर्षकमा जितेन्द्रनारायण ठाकुरको समाचार छापिएको छ । मोरङको विराटनगर महानगरपालिकाले वडा नम्बर ११ मा टर्मिनल भवनसहितको बसपार्क बनाएको छ डेढ बिघा क्षेत्रफलमा ८ करोड ४७ लाख रुपैयाँ लागतमा बनाइएको बसपार्क पुस पहिलो सातादेखि सञ्चालन गर्ने तयारी छ ।

नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा धुलो पखाल्दै महानगर शिर्षकमा समाचार छापिएको छ। महानगरपालिकाभित्रका विभिन्न स्थानको सडकको धुलो पखाल्ने क्रम जारी रहेको र धुलो नसिद्धिएसम्म जारी रहने महानगरपालिकोको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठले बताए । महानगरपालिकाले ८ मंसिरबाट पाँचवटा ट्यांकर प्रयोग गरी सडकको धुलो पखाल्न सुरु गरेको थियो ।
सडकको धुलो बढार्न महानगरपालिकाले खरिद गर्न लागको ब्रुमर आइपुग्न अझै तीन चार महिना लाग्ने विभागले जनाएको छ । चीन सरकारले दिने भनेको ब्रुमर पनि आउन बाँकी नै छ । महानगरसँग भएको एउटा ब्रुमरको पनि कुचो भाँचिएकाले धुलो बढार्ने काममा समस्या भएको कर्मचारी बताउँछन् ।

ताजा समाचार

सम्बन्धित समाचार