काठमाडौँ – काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज(सोमबार) यस वर्षकै बढी चिसो महसुस गरिएको छ। उपत्यकासहित देशभर चिसो बढेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार उपत्यकाको तापक्रम वर्षकै सबभन्दा कम मापन गरिएको छ । सोमबार काठमाडौँको न्यूनतम तापक्रम ४ दशमलब ८ डिग्री सेल्सियसमा झरेको छ। तापक्रम निरन्तर घट्दै गयो भने काठमाडौँको तापक्रम केही दिनमै माइनसमा झर्नसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने अनुमान गरिएको छ। पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ। अहिलो पानी पर्ने कुनै सम्भावना नरहेको विभागका मौसविद् गङ्गा नगरकोटीले जानकारी दिए। अहिले सिमरा, ताप्लेजुङ, जुम्लाको तापक्रम माइनसमा झरेको छ। त्यस्तै वीरेन्द्रनगरको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस र अधिकतम तापक्रम २८ दशमलव ५ डिग्री मापन गरिएको छ।