Friday, November 15, 2024

पत्रपत्रिकामा अाज : फोहोर गरे जरिवाना सूचना दिनेलाई पुरस्कार, पाेलिथिनबाट पेट्राेल निकालिँदै

काठमाडाैँ – अाजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभिन्न विषयमा समाचार छापिएका छन्।

राजधानी 
–अाजकाे राजधानीमा पाेलिथिनबाट पेट्राेल निकालिँदै शिर्षकमा समाचार छापिएकाे छ। नेपाल विज्ञान तथा प्रविधि प्रतिस्थान (नास्ट)ले कन्काई नगरपालिकामा पोलिथिन झोलाबाट पेट्रोलियम पदार्थ निकाल्ने भएको छ।
तीन वर्षअघि गरिएको अध्ययन सफल भएपछि नास्टले नमुनाका रुपमा पहिलोपटक नगरपालिकामा यो प्रविधि सुरु गर्न लागेको हो।

नेपाल समाचारपत्र
– आजको समाचारपत्रमा अन्यौलमा बाहिरी चक्रपथ शिर्षकमा सुरेश तामाङको समाचार छापिएको छ। ल्याण्ड पुलिङ अवधारणाबाट निर्माण हुने बाहिरी चक्रपथ योजनाको विषयमा अझै पनि टुंगोमा पुग्न सकेन। गएको बैशाखमा मन्त्रिपरिषदले चोभार–सतुंगल खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत त गर्यो तर बाँकी काम नहुँदा अझै यस योजना बन्नेमा अन्यौल देखिएको छ।

बाहिरी चक्रपथ आयोजनाले चोभार–सतुंगल (६ दशमलब ५ किलोमिटर) खण्डलाई पाईलट प्रोजेक्टको रुपमा निर्माण गर्नका लागि डिपिआर स्विकृत गराएको थियो। तर जग्गा अधिग्रहण, जग्गा रोक्काको विषय टुंगोमा नपुग्दा योजना बन्नेमा ढिलाई उत्पन्न भएको आयोजनाले जनाएको छ।

त्यसैगरी असुल गर्न ताकेता, निर्माणमा तीव्रता शिर्षकमा मोतीराम तिमल्सिनाको समाचार छापिएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीय सरकारबीच पहिलो पटक पुनर्निर्माणका विषयमा सम्झौता भएको छ। पुनर्निर्माणको जिम्मेवारी हस्तान्तरण सँगै स्थानीय सरकारले गलत विवरण पेश गरी अनुदान लिनेसँग असुल गर्न ताकेता गरिरहेका छन् भने पुनर्निमार्णको समयसीमा भित्रै निर्माण कार्य सम्पन्न गर्न तीब्रता दिईरहेका छन्।

पहिलो पटक राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय सरकारलाई जिम्मेवार बनाउँदै अधिकार प्रत्योजन सहितको सम्झौता गरेको हो । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत शुशिल ज्ञवालीको उपस्थितीमा जिल्ला आयोजना कार्यान्वयन ईकाईका आयोजना प्रमुख र स्थानीय सरकारका प्रमुखहरु बीच सम्झौता भएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र नगरपालिका एवं गाउँपालिकाबीच भएको पुनर्निर्माण सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो। सम्झौता पत्रमा प्राधिकरणले नगरपालिका/गाउँपालिकामा इन्जिनियर, सब–इन्जिनियर, असिष्टेण्ट सब–इन्जिनियर र डकर्मी आवश्यकता अनुसार खटाउने छ । प्राधिकरणबाट खटिएका सबै जनशक्तिलाई पुनर्निर्माणको काममा खटाउने, हाजिरी राख्ने लगायतका प्रशासनिक क्रियाकलापको जिम्मेवारी नगरपालिका/गाउँपालिकाको हुनेछ।

नयाँ पत्रिका
–आजको नयाँ पत्रिकामा फोहोर गरे जरिवाना सूचना दिनेलाई पुरस्कार शिर्षकमा समाचार छापिएको छ। भरतपुर महानगरले सरसफाइ कार्यक्रमलाई प्रभावकारी बनाउन जथाभावी फोहोर फाल्नेलाई पाँच हजारदेखि १ लाखसम्म जरिवाना र फोहोर फालेको सूचना दिनेलाई जरिवाना रकमको २५ प्रतिशत पुरस्कार दिने निर्णय गरेको छ । फोहोरमैला व्यवस्था ऐन २०६८ अनुसार कार्यपालिकाको गत ७ मंसिरमा बसेको बैठकले जरिवाना र पुरस्कारको निर्णय गरेको समाचारमा उल्लेख छ ।

कान्तिपुर
–अाजकाे कान्तिपुरमा पुनर्निर्माण बल्ल ३० प्रतिशत शिर्षकमा समाचार छापिएकाे छ । भूकम्प गएकाे साढे ३ वर्षमा भक्तपुरमा ३० प्रतिशत लाभग्राहीले मात्र पुनर्निर्माण गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रमाणित गरेकाे २८ हजार ३ सय ८ लाभग्राही(भूकम्पपीडित) मध्ये २४ हजार १ सय ४४ लाभग्राहीले मात्र पुनर्निर्माणका लागि अनुदान सम्झाैता गरी पहिलाे किस्ता लिएका छन् । तर, अनुदान सम्झाैता गरेका ७ हजार ३ सय ९७ अर्थात ३० प्रतिशत लाभग्राहीले मात्र पुनर्निर्माण गरेकाे राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला अायाेजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार भक्तपुर(जीएमएलअार्इ)काे तथ्यांकमा उल्लेख छ।

ताजा समाचार

सम्बन्धित समाचार