काठमाडौं, २७ फागुन– जैविक विविधता संरक्षणविद् डा.चन्द्रप्रसाद गुरुङ्गको सम्झनामा चन्द्र गुरुङ्ग संरक्षण प्रतिष्ठानले विद्यालय पुनः निर्माणका लागि ६३ लाख रुयैयाँ सहयोग गरेको छ ।
डब्लुडब्लुएफ नेपाल कार्यक्रममा पूर्व राष्ट्रिय प्रतिनिधि संरक्षणविद् गुरुङ्गको नाममा स्थापित प्रतिष्ठानले गुरुङ्गको संरक्षण विज्ञतालाई जनमानस सम्म पु¥याउन यस्तो पहल गरेको हो ।
प्रतिष्ठानले गोरखाको विकट गाउँ धार्चे गाउँपालिका– ५ यम गाउँस्थित जनसेवा प्राथमिक बिद्यालयको पुनः निर्माणका लागि ६३ लाख रुपैयाँ सहयोग गरेको प्रतिष्ठानले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अनुसार आगामी छ महिनाभित्रै विद्यालयको पुनःनिर्माण सकिनेछ । गुरुङ्ग तमु समाज अमेरिकाको सहकार्यमा विद्यालयको पुनःनिर्माण हुन लागेको हो ।
उक्तm सम्मmौतामा विद्यालय संचालक समितिका अध्यक्ष सन्तबहादृर गुरुङ्ग तथा प्रतिष्ठानका कोषाध्यक्ष बिदुरप्रसाद पोखरेल एक कार्यक्रमका साथ सम्मmौतामा हस्ताक्षर गरेका छन् ।
जैविक विविधता संरक्षण तथा दिगो विकास अवधारण जनमानसमा प्रयोग गरि प्रमाणित गर्ने कार्यमा प्रमुख भूमिका निवार्ह गरेका गुरुङ्ग राष्ट्रिय तथा अन्तराट्रिय स्तरवाट सम्मानित तथा पुरस्कृत भएका थिए ।
संरक्षण कार्यमा गरेको योगदान तथा उनको नेतृत्वदायी भूमिकालाई नयाँं युवा पुस्तामा निरन्तरता दिन प्रतिष्ठानले शिक्षाका लागि आर्थिक रुपमा विपन्न तथा पिछडिएका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गदै आएको छ ।