Wednesday, November 13, 2024

नमोबुद्धका ८ इँटा उद्योग सञ्चालनमा रोक

काठमाडौँ – काभ्रेको नमोबुद्ध नगरपालिकाले आफ्नो नगरभित्रका इटाँ उद्योग सञ्चालनमा रोक लगाएको छ। नगरपालिकाभित्र सञ्चालनमा रहेका ८ वटा इटा उद्योग सञ्चालनमा रोक लगाएको हो।

गत वैशाखमा वातावरण विभाग र नमोबुद्ध नगरपालिकाको संयुक्त अध्ययन, अनुगमन टोलीले नमोबुद्धमा सञ्चालित इँटा उद्योग मापदण्ड विपरित भएको निष्कर्ष निकालेपछि नगरपालिकाले उक्त उद्योगका दर्ता तथा नविकरणमा रोक लगाएको थियो।

नगरभित्र सञ्चालित शिवशक्ति इँटा उद्योग, आरती इँटा उद्योग, पिके इँटा उद्योग, भैरवकुण्ड इँटा उद्योग, फुलबारी इँटा उद्योग, आरके इँटा उद्योग, सत्यनारायण इँटा उद्योग र जय शिवशक्ति इँटा उद्योग सञ्चालनमा रोक लगाइएको नगरप्रमुख टिपी शर्माले बताए।

हाकाहाकीसँग कुरागर्दै प्रमुख शर्माले सर्वसाधारणलाई इँटा उद्योगलाई आफ्नो जमीन उपलब्ध नगराउन अनुरोध गरेको बताए । स्थानीयवासीले केही वर्षदेखि इँटा उद्योगका लागि आफ्नो जमीन भाडामा दिँदै आएका थिए । उक्त जमिन फिर्ता लिएर सहयोग गर्न अनुरोध गरेका छौँ,’ उनले भने, ‘नमोबुद्धलाई प्रदूषणमुक्त बनाउने हाम्रो अभियान जारी नै छ।’

औद्योगिक क्षेत्र सञ्चालन ऐन २०५९ अनुसार इँटा उद्योग मानवबस्ती, विद्यालय र वन क्षेत्रभन्दा ५०० मिटर टाढा सञ्चालन गर्न पाइने प्रावधान छ । उद्योग मन्त्रालयको कार्य्विधि २०७२ अनुसार बस्तीबाट एक किलोमिटर टाढा उद्योग सञ्चालन गर्नुपर्नेछ । काभ्रेको पाँचखाल नगरपालिकामा सात, नमोबुद्धको भकुण्डेमा आठ, पनौतीको शङ्खुमा एक, बनेपामा एक, मण्डनदेउपुरमा दुई र धुलिखेलमा एउटा इँटा उद्योग रहेको छ ।

ताजा समाचार

सम्बन्धित समाचार