गुल्मी, २३ फागुन (रासस) गुल्मीको दरमखोला लघुजलविद्युत् परियोजनाको नहर मर्मत सम्भारपछि विद्युत्सेवा सञ्चालन भएको छ । मुसिकोट नगरपालिका–७ मा रहेको दरमखोला जलविद्युत् परियोजना लिद्वारा सञ्चालित जलविद्युत् परियोजनाको विभिन्न स्थानमा दुई हप्तापछि नहर मर्मतसम्भार गरेपछि जलविद्युत् सेवा सञ्चालनमा ल्याइएको विद्युत्स ञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिए । गत फागुन ८ गते बुधबारदेखि अवरुद्ध
रहेको विद्युत् सेवा मंगलबारदेखि पुनः सञ्चालन गरिएको हो ।
पचासी किलोवाट क्षमता भएको विद्युत् परियोजनाको विद्युत् सेवा सञ्चालन भएसँगै नगरपालिकाका २, ४, ७ र ८ गरि चारवटा वडाका झण्डै ९०० घरधुरीमा बिजुली बत्ती बलेको छ भने विद्युत् सेवा सञ्चालन भएपछि बिजुली बत्ती, उद्योगधन्दा, कलकारखाना, सञ्चारमाध्यम, कुटानी–पिसानीलगायत विद्युतीय यन्त्रसमेत सञ्चालनमा आएका छन् ।
दुई हप्तादेखि अन्धकारमा बसेका स्थानीय बासिन्दा र विद्यार्थी विद्युत् सेवा सञ्चालन भएपछि विद्युत्मार्फत आफ्ना दैनिकीमा सहज हुने हँुदा निकै हर्षित भएका छन् ।