Monday, September 30, 2024

क्यालिफोर्नियाको डढेलो अझै नियन्त्रण बाहिर, ५६ को मृत्यु, १३० बेपत्ता

काठमाडौँ – अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ।  आगो अझै पनि नियन्त्रण बाहिर नै रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उक्त डढेलोमा अझै एकसय ३० जना व्यक्ति बेपत्ता रहेको र उनीहरूको खोजी कार्य भइरहेको छ। बेपत्ता मध्ये अधिकांश वृद्धवृद्धा रहेका छन्।

उद्धारकर्ताले डढेलोबाट प्रभावितको उद्धार तथा सहयोगका लागि अथक प्रयास जारी राखेता पनि प्रतिकूल मौसमका कारण डढेलो नियन्त्रणमा आउन सकेको छैन।

बेपत्ता व्यक्तिका खोजी, उद्धार र आगो निभाउने कार्यमा ९ हजार भन्दा बढी अग्नि नियन्त्रकहरू परिचालन गरिएको र उनीहरूले आफ्नो ज्यानको बाजी लगाएर उद्धार कार्य जारी राखेको सञ्चार माध्यमहरूले जानकारी दिएका छन्।

जङ्गलमा विगत लामो समयदेखि आगो लागिरहेको बताइएको छ। समय समयमा सरकारले आगो निभाएको बताए पनि पूर्णरुपमा जङ्गलको डढेलो नियन्त्रणमा आउन सकेको छैन। डढेलोबाट खासगरी जङ्गलको आसपास बसोबास गर्नेहरू सबैभन्दा बढी प्रभावित भएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार