Saturday, November 9, 2024

कलंकी–कालीमाटी सडकमा धुलैधुलो, सहमतिपछि बन्द खुल्याे

काठमाडौँ–कंलकी–कालीमाटी सडकखण्ड धुलाम्य हुनुका साथै फोहोर बढेपछि आन्दोलनमा उत्रिएका स्थानीय र ठेकेदारबीच सहमति भएपछि बन्द सडक खुलेको छ। फोहोर र धुलोले स्वास्थ्यमा असर पारेको भन्दै स्थानीयहरूले आन्दोलन स्वरुप बिहीबार बिहान ८ बजेदेखि उक्त सडक बन्द गरेका थिए।

दैनिक सडकमा तीन पटक पानी हाल्ने, सडकको फोहोर सफा गर्ने, डिभाइर हटाउनेलगायतको मौखिक सहमति भएपछि   ४ घण्टापछि सडक खुला गरिएकाे स्थानीय श्याम लम्सालले जानकारी दिए। आन्दोलनका कारण कालीमाटी कलंकी सडक खण्ड पुरै अवरुद्ध भएको थियो।

ठेकेदारले समयमै सडकको काम नगरेकाले धुलोका कारण स्वास्थ्यमा गम्भिर असर गरेको भन्दै स्थानीय र व्यवसायीहरु आन्दोलनमा उत्रिएकोमा अब आइतबारसम्म माग कार्यान्वयन नभए अनिश्चितकालीन बन्द गरिने उनले चेतावनी दिए।

‘पहिला भएको सहमति अनुसार कुनै पनि काम नभएकोले हामी आन्दोलनमा उत्रेका हौँ । अहिले फेरि ठेकेदारले पहिलेको सहमति अनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने, ‘दिनमा तीन पटक सडकमा पानी हाल्ने, सडकको फोहोर सफा गर्ने, डिभाडर हटाएर त्यसमुनि रहेको धुलो सफा गर्ने तथा पिच चाँडै नै गर्ने सहमति भएको छ। आइतबारसम्म हेरौँ कतिको कार्यान्वयन हुन्छ, भएन भने हामी फेरि आन्दोलनमा जानेछौँ।’

ताजा समाचार

सम्बन्धित समाचार