Sunday, April 20, 2025

वन्यजन्तुको ओखटापखेटा सहित दुई पक्राउ

काठमाण्डौ, २० फाल्गुण
नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोको टोलीले नुवाकोटको रातमाटे ७ बाट तीन वटा हुचिल र सालकको खपटा सहित दुई जनालाई पक्राउ गरेको छ । दुर्लभ पन्छि हुचिलको चोरी शिकारीमा संलग्न नुवाकोटको बेलकोट नगरपालिका ७ का कृष्णलाल श्रेष्ठ र तारकेश्वर गाउँपालिकाका बलराम श्रेष्ठलाई पक्राउ गरी जिल्ला वन कार्यालय बुझाएको प्रहरीले जनाएको छ ।
 
प्रहरीको टोलीले सामान किन्ने बहाना बनाएर उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीका उक्त कार्यमा संलग्न कृष्णलाल श्रेष्ठको घरबाट हुचिल र ओखेटोपहर जफत गरिएको हो । हुचिल र सालक दुर्लभ वन्यजन्तु भएकाले तस्करीमा संलग्न दुवै जनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार मुद्धा चलाउनका लागि वन कार्यालयमा बुझाईएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार