पत्रपत्रिकामा आजःसडक अवरुद्ध गर्नेलाई कारबाही गर्न निर्देशन, कीर्तिपुरलाई सुक्खा बन्दरगाह होइन, पर्यटकीय नगर बनाउन माग

आज प्रकाशित पत्रपत्रिकामा कृषि र विकासका विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन्।

नागरिक
‘सुन फलाउँदै ‘ट्रफल च्याउ’शीर्षकमा दिनेश सुवेदीले लेखेको समाचार छापिएको छ।

थवाङ राचिवाङका किसान अहिले दंग छन् । विश्वमै दुर्लभ तथा बहुमूल्य मानिने ‘ट्रफल’ च्याउका बिरुवा हुर्कंदै गरेकाले उनीहरू खुसी भएका हुन् । ‘यो जातको च्याउ मूल्यवान् हुन्छ भन्ने सुनेका छौं, उत्पादन सुरु भएपछि निक्कै कमाइ हुन्छ होला,’ स्थानीय राजकुमार रोकामगरले भने।

‘बलियो सरकार,कच्चो विकास’शीर्षकमा देवेन्द्र बस्नेतले लेखेको समाचार छापिएको छ।

तुलसीपुर ११ की हरिकला डाँगी स्थानीय श्रीमणि मार्ग निर्माण उपभोक्ता समितिको कोषाध्यक्ष बनिन् । आफ्नै गाउँमा निर्माण हुन लागेको मोटरबाटो निर्माणका लागि पाएको यो जिम्मेवारी उनका लागि अधिक ठूलो थियो नै, साथै यसको श्रेय लिन पाउनुमा उत्तिकै उत्साह पनि । तर सडक निर्माणका लागि उनले पाएको कोषाध्यक्ष पद निल्नु न ओकेल्नुु जस्तै बन्यो । अहिले उनि भन्छिन्, ‘मिलेमतो गरेर पैसा खाएको आरोप सहिरहेकी छु।’

‘कीर्तिपुरलाई सुक्खा बन्दरगाह होइन, पर्यटकीय नगर बनाउन माग’शीर्षकमा समाचार छापिएको छ।
काठमाडौंको चोभारमा बन्न लागेको अन्तर्रा्ष्ट्रिय सुक्खा बन्दरगाह निर्माणमा स्थानीयले अवरोध गरेका छन् । कीर्तिपुर पर्यटकीय नगर भएकाले त्यसको विकास गर्नुको सट्टा विभिन्न संरचना बनाउने कार्य स्वीकार्य नहुने स्थानीयको माग छ।
धावनमार्ग कालोपत्रे सुरु, ६ महिनामा सकिने,गुस्तुङ सफल, गुर्जामा फेरि असफल

‘प्याराग्लाइडिङ एक्युरेसी विश्वकप बिहीबारदेखि’,शीर्षकमा समाचार छापिएको छ ।स्याङ्जामा आगामी बिहीबारदेखि प्याराग्लाइडिङ एक्युरेसी विश्वकप (पिजिएडब्लुसी) सुरु हुँदै छ । नेपालमा पहिलो पटक हुन थालेको यो प्रतियोगिताले साहसिक मानिने प्याराग्लाइडिङ खेलको प्रवद्र्धनसहित नेपालमा थप साहसिक पर्यटक भित्र्याउन सघाउ पुग्ने आयोजकको अपेक्षा छ।

सडक अवरुद्ध गर्नेलाई कारबाही गर्न निर्देशन,सहकारीमार्फत कृषिमा ५४ अबै लगानी शीर्षकमा समाचार छापिएको छ।

गोरखापत्र
‘छ वटा ठूला पुल निर्माण हुँदै’शीर्षकमा समाचार छापिएको छ।विकासको गतिले तीव्रता पाइरहेको कपिलवस्तुमा यतिबेला एकैसाथ छ पटा पुल निर्माण गर्दै छ ।

सुरु भयो धरहराको निर्माण,पर्यटन क्षेत्रको प्रचार गरिदिन आग्रह,असिनापानीले पाकेको धान नष्ट,समर्थन मूल्य नतोक्दा सस्तोमा धान बिक्री शीर्षकमा पनि समाचार छापिएको छ ।

अन्नपूर्ण पोस्ट
‘शक्तिशाली पप्पु,निरीह सरकार’शीर्षकमा समाचार छापिएको छ।

गृहमन्त्री रामबहादुर थापाले कामचोर ठेकेदारलाई कारबाही गर्ने उद्घोष गरेको झन्डै ६ महिना पूरा हुँदा पनि कुनै ठेकेदारलाई कारबाही गर्न सकेका छैनन् । स्थानीय प्रशासनको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्राचार भएअनुसार हालैमात्र १५ निर्माण कम्पनीलाई कालोसूचीमा पनि राख्यो । तर, राजनीतिक आडमा ठेक्का गर्दै वर्षौदेखि कामै नगरी बस्ने पप्पु कन्स्ट्रक्सन भने कालोसूचीमा पनि नपरेपछि नागरिक भने सरकार र सरकारको कामप्रति सशंकित हुन थालेका छन् ।

मुक्तिनाथ दर्शन अब नेपालीलाई पनि पैसा शीर्षकमा समाचार छापिएको छ।

राजधानी
‘क्षतिपूर्ति पाउने आस हरायो’ शीर्षकमा समाचार छापिएको छ।जिल्लामा निर्माणधिन राष्ट्रिय गौरवको परियोजना अरुण तेस्रोको आयोजनको पावरहाउस पखुवा जाने सडकका कारण पाँच घर परिवार विस्थापनमा परेका छन्।
स्वदेशी उपत्पादनलाई प्रोत्साहन शीर्षकमा रत्न प्रजातिको विचार छापिएको छ ।

ठडिँदै धरहरा,तिहार अगावै जग हाल्न तयार,आठ महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी शीर्षकमा पनि समाचार छापिएको छ ।

नेपाल समाचारपत्र
‘चोभार सुख्खा बन्दरगाहः स्थानीय र सरकारबीच जुहारी’शीर्षकमा समाचार छापिएको छ।

काठमाडौंको चोभारमा सुख्खा बन्दरगाहको निर्माणका लागि ठेकेदार परिचालन भैसकेको छ । ठेकेदारले गएको अगष्टदेखि काम थालेर १८ महिनाभित्र बन्दरगाहको सम्पूर्ण निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने हुन्छ । अहिलेसम्म १० प्रतिशत काम सक्नु पर्ने तर ३ प्रतिशत पनि काम हुन सकेको छैन ।

‘उपल्लो र अपर खिम्ती जलविद्युत आयोजना अन्तिम चरणमा’शीर्षकमा मधुसूदन रायमाझीले लेखेको समाचार छापिएको छ।

रामेछाप र दोलखा जिल्लाको सीमाना हुँदै बहने खिम्ती खोलामा निर्माणाधिन उपल्लो खिम्ती र अपर खिम्ती जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । उपल्लो खिम्ती १२ मेगावाट र अपर खिम्ती ७ मेगावाट जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । दुई आयोजनाबाट उत्पादन हुने १९ मेगावाट जलविद्युत आयोजनाले २०७५ चैत्रबाट व्यवसायक उत्पादन थाल्ने लक्ष्यको साथ काम अगाडि बढाएको छ । नेपाल विद्युत प्राधिरणसँग भएको सम्झौता अनुसार आगामी चैत्रमा दुवै जलविद्युत आयोजना सम्पन्न गरिसक्नु पर्नेछ ।

ताजा समाचार

सम्बन्धित समाचार