ललितपुर–१२ वैशाख २०७२ को भूकम्पबाट क्षतिग्रस्त बसन्तपुरस्थित माजु देगः को पुनर्निर्माण शुरु भएको छ।
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीले सोमबार माजु देगः को माथिल्लो खण्डस्थित शिवलिंगको पूजा गरेर पुनर्निर्माणको औपचारिक शुरुवात् गरेका हुन्।
मेयर शाक्यले मन्दिर पुर्ननिर्माण गर्न लाग्ने रकम महानगर आफैंले व्यहोर्ने उल्लेख गर्दै तोकिएके समयमा नै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिए।
यो मन्दिर पुनर्निर्माणका लागि भ्याटबाहेक ५ करोड ४९ लाख ३५ हजार रुपैयाँ लागत रहेको छ। निर्माण पक्षसँग कात्तिक ५ गते सम्झौता गरेको महानगरले ६ गते कार्यादेश दिएको थियो। यसको निर्माण अवधि २ बर्षको रहेको छ।





