आज प्रकाशित पत्रपत्रिकाले विकास,कृषि, पर्यटन र वातावरण सम्बन्धी समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन्।
नयाँ पत्रिका
‘आलुको मूल्य दोब्बर वृद्धि’शीर्षकमा समाचार छापिएको छ। भान्सामा सबैभन्दा धेरै खपत हुने आलुको मूल्य अकासिएको छ।
‘उपत्यकासहित देशैभर चिसो बढ्दै’शीर्षकमा काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैँअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैँलगत्तै तापक्रम घटेको छ । आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
‘विवाद किनारा नलगाई ठेक्का दिन अख्तियारको रोक’शीर्षकमा अच्युत पुरीले लेखेको समाचार छापिएको छ।
आयोजना कार्यान्वयनमा जानुपूर्वका तयारी सम्पन्न नगरी अब कुनै पनि आयोजनाले निर्माण व्यवसायीसँग ठेक्का सम्झौता (खरिद सम्झौता) गर्न नपाउने भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धित मन्त्रालयरविभागले तत्काल कार्यान्वयन थाल्नुपर्ने गरी ‘सार्वजनिक खरिद तथा विकास निर्माणको कार्यक्रम सुधारको कार्ययोजना’ जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
संस्कृति साट्न जंगल क्याम्प र संरक्षणको पखाईमा बाटुलीपोखरी शीर्षकमा समाचार छापिएको छ।
समाचारपत्र
‘अझै बनेन लार्के र यांग्रीको अन्तिम डिपिआर’शीर्षकमा आजको समाचारपत्रको प्रथम पृष्ठमा समाचार छापिएको छ। लार्के र यांग्री खोलाको पानी काठमाडाँैमा उपत्यकामा ल्याउने तयारी थालेको बताइए पनि त्यससम्बधी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अझै पूरा हुन सकेको छैन ।
उक्त परियोजनाको डिपिआर तयार पार्ने जिम्मा लिएको स्पेनी परामर्शदाता इप्टिसाले तोकिएको मितिमा डिपिआर नबुझाएपछि मेलम्ची खानेपानी आयोजनाले डिपिआर बुझाउन पत्राचार गरेको छ ।
मेलम्ची विकास समितिले सुरुङ मार्ग हुँदै दुबै खोलाको पानी दैनिक १७/१७ करोड गरी ३४ करोड लिटर ल्याइने दावी गरेको छ ।
‘१ सय ७३ वटा सडक रुटको नयाँ भाडादर हेरफेर’शीर्षकमा गणेश घिमिरेले लेखेको समाचार छापिएको छ ।
इलाममा सञ्चालित सवारी साधनले यात्रुहरुबाट मनपरी भाडा असुल गरीरहेको गुनासो बढिरहेको र सञ्चार माध्यममा पनि समाचारहरु प्रशारण प्रकाशन भएपछि इलाम सदरमुकामबाट छुट्ने विभिन्न स्थानको नयाँ भाडादर निर्धारण गरिएको छ ।
जिल्ला यातायात व्यवस्थापन समितिले १ सय ७३ वटा सडक रुटको नयाँ भाडादर हेरफेर गरेकामा कुनै रुटको दर बढाइएको छ भने कुनैको घटाइएको छ ।
‘इलामका पर्यटकीय स्थलमा पर्यटकको भीडभाड बढ्दै’शीर्षकमा समाचार छापिएको छ।
चाडपर्वसँगै घुमघामका लागि इलामका पर्यटकीय स्थल आउनेको संख्या बढेको छ । बर्खाभर सुनसान जस्तै देखिएका यहाँका पर्यटकिय स्थल मौसममा सुधार आएसँगै भरिभराउ हुन थालेका हुन् । सदरमुकाम क्षेत्रमा पनि देशका विभिन्न स्थानबाट घुम्न आउनेका कारण चहलपहल बढेको छ । मुलुककै पुरानो चिया बगान, पुरानो चिया कारखना, भ्युटावर र मठ मन्दिरमा पर्यटक पुग्ने गरेका छन् ।
‘दोहोरो करविरुद्ध स्थानीय, पर्यटन व्यवसायी र मजदुर आन्दोलित’शीर्षकमा समाचार छापिएको छ।
भक्तपुर र काभ्रेको सिमानामा रहेको चर्चित पर्यटकीय स्थान नगरकोटमा जाने बाह्य देशका पर्यटकले दोहोरो कर तिर्नुपर्ने भएको छ । दुई स्थानीय सरकारले एकै स्थानको लागि दोहोर कर लिएको भन्दै नगरकोटका स्थानीय बासिन्दा, पर्यटन व्यवसायी र होटलमा कार्यरत मजदँर आन्दोलनमा उत्रिएका छन् ।
अन्पूर्ण पदमार्गमा सबैभन्दा अग्लो र लामो पुल शीर्षकमा पनि समाचार छापिएको छ ।
राजधानी
‘मुलुुकभर चिसो बढ्यो’शीर्षकमा समाचार छापिएको छ। काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ ।
उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो ।
‘भीर फटाउने जिम्मा सेनालाई दिने तयारी’शीर्षकमा समाचार छापिएको छ।
त्रिदेशीय लिंकरोड किमाथांका जोगवनी सडकको किमाथाका–विराटनगर–जोगबनी सडकमा पर्ने भीर फुटाउने जिम्मा सेनालाई दिने भएको छ।
‘भूमिगत विद्युत् प्रणालीका लागि पुनः बोलपत्र आह्वान’शीर्षकमा शिव दुवाडीले लेखेको समाचार छापिएको छ।
नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युत् प्रणालीको पुनः अन्तर्रा्ष्ट्रिय बोलपत्र आह्वान गरेको छ । यसअघि लागतभन्दा महँगो प्रस्ताव परेपछि प्राधिकरणले पुनः बोलपत्र आह्वान गरेको हो । काठमाडौं उपत्यकाको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्न गत वर्ष अन्तर्रा्ष्ट्रिय बोलपत्र आह्वान गरेको थियो ।
अनुमानित लागतभन्दा महँगो दरमा बोलपत्र प्रस्ताव भएपछि त्यतिबेला सुरु गरिएको बोलपत्र प्रक्रिया रद्द नै गरी नयाँ प्रक्रिया सुरु गरिएको हो ।
‘ऊर्जा क्षेत्रमा लगानीका लागि मन्त्री पुनको आग्रह’शीर्षकमा समाचार छापिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि सर्वियाका उद्योगी तथा व्यवसायीलाई उत्प्रेरित गरिदिन आग्रह गरेका छन् । सर्विया भ्रमणमा रहेका मन्त्री पुन र सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकबीचको भेटवार्तामा मन्त्री पुनले यस्तो आग्रह गरेका हुन् ।
गोरखापत्र
‘निजगढ–हेटौँडा–भरतपुर खण्डका लागि आशयपत्र माग’शीर्षकमा भउचप्रसाद यादवले लेखेको समाचार छापिएको छ।
रेल विभागले मेची–महाकाली रेल्वे परियोजना अन्तर्गत निजगढ–हेटौँडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन(डिपीआर) निर्माणका लागि आशयपत्र माग गरेको छ ।
‘सबै खोला ठेक्का लागे’शीर्षकमा शशिधर पराजुलीले लेखेको समाचार छापिएको छ।
स्थानीय तहमा अधिकार आएपछि मोरङका खोलानालाबाट नदीजन्य स्रोत उत्खनन् तथा बिक्रीको ठेक्का लागेको छ ।
‘प्राणी उद्यान निर्माण कार्य अलपत्र’शीर्षकमा समाचार छापिएको छ ।सूर्यविनायक नगरपालिकाको २४५ हेक्टर क्षेत्रमा निर्माणाधीन अन्तर्रा्ष्ट्रिय प्राणी उद्यानको गुरूयोजना सरकारले स्वीकृत गर्न ढिलाइ गर्दा प्राणी उद्यानको थप काम अगाडि बढ्न सकेको छैन ।
राष्ट्रिय प्राणी उद्यान कार्यालय भक्तपुरले गत जेठमा गुरू योजना निर्माण गरी वन विभाग हुँदै वन मन्त्रालयमा पठाइसकेको छ । मन्त्रालयले गुरूयोजनालाई मन्त्रिपरिषद्मा पेश गर्न ढिलाइ गर्दा प्राणी उद्यानको थप काम अगाडि बढ्न नसकेको हो ।
नागरिक
‘मेलम्ची आयोजनाका गाडीमा पहुँचवालाको रजाइँ’शीर्षकमा सुनिल सापकोटाले लेखेको समाचार छापिएको छ।
तत्कालीन भौतिक योजना तथा निर्माण राज्यमन्त्री सञ्जय शाहले मन्त्रीको जिम्मेवारीबाट हटेपछि पनि मन्त्रीको हैसियतमा प्रयोग गर्दैे आएको बा४च १५०३ नम्बरकोे मेलम्ची खानेपानी आयोजनाको प्राडो गाडी आयोजनालाई फिर्ता नगरी आफूसँगै लिएर गए। उक्त गाडी २ वर्षपछि महोत्तरीको जंगलमा बिग्रिएको अवस्थामा प्रहरीले फेला पारेर मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडामा बुझायो। मध्यमाञ्चल क्षेत्रीय कार्यालय हेटौंडाले मर्मत गरेर प्रयोग गर्ने प्रयास सम्भव नभएपछि मेलम्ची खानेपानी आयोजनालाई गाडी क्षेत्रीय कार्यालयमा रहेको जानकारी गरायो।
अन्तर्राष्ट्रिय हवाई दुर्घटनामा मृत्यु भए १८५ लाख क्षतिपूर्ति शीर्षक खिलक बुढाथोकी लेखेको समाचार छापिएको छ।
कहिले हुन्छ रुट कार्यान्वयन?,अव्यवस्थित ठेचो चापागाउँ सडक,जोरपाटी चोकमा सिसी टिभी क्यामेरा खोइ?र दसैंमा उपत्यकामा सवारी दुर्घटना र मृत्यु संख्या बढुयो शीर्षकमा पनि समाचार छापिएको छ ।





