रानीबारीमा करिब ३५ प्रजातीका चरा भेटिए

काठमाडौं–चरा अवलोकनका क्रममा रानीबारी सामुदायिक वनमा शनिबार करिब ३५ प्रजातीको चरा फेला पारिएको छ ।
नेपाल पन्छि संरक्षण संघको आयोजनामा भएको चरा अवलोकन कार्यक्रमका दौरान करिब ३५ प्रजातीका चरा फेला परेको संघका सूचना अधिकारी निरज दाहालले जानकारी दिए ।
विहान ७ बजेदेखी ११ बजेसम्म गरिएको अवलोकनका क्रममा करिब ३५ प्रजातीका चरा गणना गरियो , अवलोकनका लिडर रमेश चौधरीले भने , ‘विभिन्न चराप्रेमी , अनुसन्धानकर्ता , संरक्षणमा खटिनेहरु , विद्यार्थी लगायतले सहभागीता जनाए ।’
उनका अनुसार २५ जनालाई विभिन्न ४ समूहमा विभाजन गरि अवलोकन गराइएको थियो । प्रत्येक समूहका एक–एक जना विज्ञ रहेका थिए ।

हिमाली भद्राई चरा । तस्बिर : हेम बहादुर कटुवाल

हिमाली भद्राई, कोकले, कर्रा सुगा, तामे ढुकुर, शिक्रा, कोचलगाँडे लाटोकोसेरो, चञ्चले फिस्टो , चिबे लगायतका चरा देखीएको या आवाज सुनिएको अवलोकनमा सहभागी अनुसन्धानकर्ता हेम बहादुर कटुवालले जानकारी दिए ।
उनले चरा अवलोकनका लागी रानीबारी राम्रो गन्तब्य भउको बताए । उनले विहानको समयमा चरा अवलोकन गर्दा विवरण राम्रो आउने बताए ।
विहान सुर्यको किरण आएदेखी ९ बजेसम्म चराहरु सक्रिय हुन्छन् , उनले भने , ‘त्यही समयमा पानी , आहार आदी खान्छन् र त्यही समयमा यताउती डुल्छन् ।’
चरा अवलोकनमा संघ सहित विभिन्न साझेदार संस्था , पृथ्वी स्कुल बसुन्धाराका विद्यालयका विद्यार्थी सहभागीता रहेको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार