काठमाडौं– बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढेको छ।

लुम्बिनी विकास कोषका अनुसार यो वर्षको दसैंमा ५३ हजार एक सय २४ पर्यटकले लुम्बिनी भ्रमण गरेका छन्। यो फूलपातीदेखि पूर्णिमासम्म तथ्यांक हो।
कोषका अनुसार जसमध्ये ३९ हजार ६ सय २५ नेपाली, ६ हजार ९ सय ८५ भारतीय र ६ हजार ५ सय १४ तेस्रो मुलुकका पर्यटक रहेका छन्। लुम्बिनी भ्रमणमा आउनेमध्ये श्रीलंका, थाइल्याण्ड, म्यानमार, चीनका पर्यटक धेरै हुने गरेको बताइएको छ।





