तीन पानी उद्योगमा सिलबन्दी

काठमाडौं–कृृषि तथा पशुपंक्षी विकास मन्त्रालयले तीन वटा मिनरल वाटर उद्योगमा सिलबन्दी गरेको छ ।

बिहिबार मन्त्रालयका सचिव युवकध्वज जिसीको नेतृत्वमा गएको अनुगमनको टोलीले तीन मिनरल वाटर उद्योगमा सिलबन्दी गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले टोखा क्षेत्रमा रहेका कञ्चनजंगा नेचुरल मिनरल वाटर,स्नो ब्रेभरेज र सिपी मिनरल वाटरले मापदण्ड विपरित प्रशोधित पिउने पानी उत्पादन गरिएको पाइएपछि सिलबन्दी गरेकाे बताए । ती उद्योगहरुलाई पानी उत्पादन गर्न रोक लगाइएकाे छ।

मन्त्रालयका सचिव युवकध्वज जिसीले मापदण्ड पूरा नगरी पिउने पानी उत्पादन गरेर जनताको स्वास्थ्यमा खेलवाड गर्ने उद्योगमाथि कार्वाही हुने बताए ।

ताजा समाचार

सम्बन्धित समाचार