प्रथम अन्तर्राष्ट्रिय एशियाली अध्ययन सम्मेलन शुरु

काठमाडौँ–एशियाको साहित्य, कला, संस्कृति, लैङ्गिक समानता, महिला सशक्तीकरण, विकासलगायत विषयमा बौद्धिक छलफल गर्ने उद्देश्यले प्रथम अन्तर्राष्ट्रिय एशियाली अध्ययन सम्मेलन यहाँ बिहीबारबाट शुरु भएको छ ।

सेन्टर फर एडभान्स्ड स्टडिज इन साउन एशिया९कासा०द्वारा आयोजित सो सम्मेलनको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले उद्घाटन गर्दै नेपालजस्तो बहुजाति भाषा, धर्म र संस्कृति रहेका देशमा यस्ता सम्मेलनबाट प्राप्त हुने निष्कर्षले नेपाल र सहभागी राष्ट्र लाभान्वित हुने विश्वास व्यक्त गरे ।

सेन्टर फर एडभान्स्ड स्टडिज इन साउन एशिया(कासा)द्वारा बिहीबार काठमाडौँमा आयोजित प्रथम अन्तर्राष्ट्रिय एशियाली अध्ययन सम्मेलनमा ‘एशियाली मानवीयताको समीक्षा’ विषयक अनुसन्धानमूलक पत्रिका सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीलगायत । तस्वीरः प्रदीपराज वन्त, रासस

सो अवसरमा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले ‘लैङ्गिक न्याय’ का विषयमा बोल्दै लैङ्गिक न्याय मानवअधिकारसँग जोडिएको विषय भएको र लैङ्गिक न्याय महिलाका लागि मात्र नभएर समग्र मानव समुदायको समानताका लागि भएको बताए । श्रेष्ठले सर्वोच्च अदालतले विभेदकारी कानूनलाई संशोधन गर्नका लागि सरकारका नाममा आदेश जारी गरेको जानकारी दिँदै लैङ्गिक न्यायका लागि महिला सशक्तीकरण र गरीबी निवारण जरुरी भएको बताए।

कासाका निर्देशक प्रा सङ्गीता रायमाझीले दक्षिण एशियाका कलासंस्कृति लैङ्गिक समानता, महिला सशक्तीकरण, आर्थिक तथा पूर्वाधार विकासलगायत विषयमा बृहत् बौद्धिक छलफल गर्ने उद्देश्यले नेपालमा सम्मेलन आयोजना गरिएको जानकारी दिए।

सो अवसरमा कासाले तयार गरेको ‘एशियाली मानवीयताको समीक्षा’ विषयके अनुसन्धानमूलक पत्रिका सार्वजनिक गरिएको थियो । सम्मेलनमा संस्कृति, मिडिया र सञ्चार, लैङ्गिक र समाज, कला, इतिहास र राष्ट्र, धर्म, आर्थिक र विकासका विषयमा २५ सत्रमा विभिन्न देशका ८० कार्यपत्र प्रस्तुत हुनेछन् । तीनदिने सम्मेलनमा विदेशी ८४ र नेपाली १० जना सहभागी छन् । कासामा नेपाल, भारत, चीन, बङ्गलादेश, जर्मनी, म्यासिडोनिया र पाकिस्तानका बौद्धिक व्यक्ति आबद्ध छन् । कासाले प्रत्येक वर्ष बौद्धिक सम्मेलन गर्ने तय गरेको छ । आगामी वर्ष भारतमा गर्ने तयारी भएको छ ।रासस

ताजा समाचार

सम्बन्धित समाचार