Sunday, April 20, 2025

मधुमेहको अचुक औषधि जमराको जुस( भिडियो रिपोर्ट)

काठमाडौं-घटस्थापनाको दिन जमरा राखेसँगै देशभर दशैँको माहोल छाएको छ। जमारे औँशीका दिन नेपालीहरूले आ–आफ्नो घरमा जमरा राखेर दशैँलाई स्वागत गरिसकेका छन्। नौ दिनसम्म पानी छर्कदै विशेष ख्याल राख्दै उमारिएको जमराले बिजयादशमीको दिन टिकासँगै शिरमा लगाउँदा दशैँलाई झनै विशेष बनाउँछ।

त्यही जमराको राम्रोसँग उपयोग गर्न सकिने हो भने, दशैँलाई विशेष बनाउने मात्र होइन, मधुमेहजस्तो रोग सजिलै निको पार्न सकिन्छ। जमराको जुस नियमित रुपमा मात्रा मिलाइ पिउनाले क्यान्सरजस्तो रोगलाई पनि निकारण गर्न सकिन्छ।

वैज्ञानिकका अनुसार जमरामा ३ सयभन्दा बढी भिटामिन, खनिज पदार्थ जस्ता पोषणतत्व पाइन्छ। यसमा क्लोरोफिल, भिटामिन ए, भिटामिन बी–१२, भिटामिन सी, भिटामिन डी, भिटामिन ई, भिटामिन के, पोस्फोरस, क्याल्सियम, आइरन, फोलिक एसिड, म्याग्नेसियम लगायत १९ प्रकारका एमिनो एसिड पाइन्छ। जसले हाम्रो शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमतालाई बढाउनुका साथै विभिन्न रोगबाट बचाउँछ।

ताजा समाचार

सम्बन्धित समाचार