Friday, October 18, 2024

वायु प्रदुषणबाट वर्षेनी ५५ लाखको मृत्यु

वायु प्रदुषणबाट हुने विरामीका कारण विश्वभर वर्षेनी ५५ लाखभन्दा बढीको मृत्यु हुने गरेको छ । तीमध्ये आधाभन्दा बढी मृत्यु चीन र भारतमा हुने गरेको बिबिसीले जनाएको छ ।

चीनमा वायु प्रदुषणबाट हुने बिरामीका कारण हुने मृत्युको संख्या १६ लाख छ भने भारतमा १३ लाख । यो तथ्याङक केहि वर्ष पुरानो हो । त्यसयता वायु प्रदुषणको मात्रा अझैै बढेको छ ।

ग्लोबल बर्डन अफ डिजिज प्रोजेक्टअन्र्तगत अनुसन्धानमा संलग्न वैज्ञानिकका अनुसार तथ्यांकले केही देशमा वायु प्रदुषण नियन्त्रणका लागि अत्यन्तै तीब्र गतिमा काम गर्नुपर्ने देखाएका छन् । अमेरिकी शहर बोस्टनका हेल्थ इफेक्ट्स इन्स्टिच्युटका ड्यान ग्रिनबमलले भने, ‘बेइजिङ वा नयाँ दिल्लीको वायुमा कुनै दिन ३०० माईक्रोग्राम प्रति क्युबिक मिटरभन्दा बढी धुलोको कण (पीएम २ Þ५) हुन सक्छ । जबकी यसको मात्रा २५ देखि ३५ माइक्रोग्राम हुनुपर्छ ।’

सुक्ष्म तरल वा ठोस कण श्वाससँगै मानव शरिरभित्र गएर मुटुसम्बन्धी रोग, हृदयघात, श्वासप्रश्वाससम्बन्धी कठिनाइ र क्यान्सरसमेत हुनसक्छ ।

विकसित देशले केहि दशकयता वायु प्रदुषणमा कमी ल्याउने प्रयास गरेपनि विकासशील देशमा भने वायु प्रदुषणका कारण हुने मृत्युको संख्या निरन्तर बढिरहेको छ । कुपोषण, मोटोपना, मदिरा र औषधीको जथाभावी प्रयोग तथा असुरक्षित यौन सम्र्पकबाट हुने मृत्यु संख्याभन्दा अत्यन्तै बढी मानिसको मृत्यु वायुप्रदुषणका कारण हुने पनि अध्ययनले देखाएको छ । ग्लोबल बर्डन अफ डिजिजले वायु प्रदुषणलाई उच्च रक्तचाप, भोजनको जोखिम र धुम्रपानको स्वास्थ्य जोखिमपछि चौथो सबैभन्दा ठूलो जोखिम मानेको छ ।

विभिन्न देशमा वायु प्रदुषणका बेग्लाबेग्लै कारण छन् । चीनमा वायु प्रदुषणको सबैभन्दा ठूलो कारण कोइला बाल्दा निस्किने सुक्ष्म कण हुन् । डिजिज परियोजनाले यही कारणबाट चीनमा वर्षेनी ३ लाख ६० हजारको मृत्यु हुने अनुमान गरेको छ । चीनले कोइला प्रयोगबाट हुने सुक्ष्म कण उत्र्सजन कटौती गर्ने लक्ष्य राखे पनि यसमा निकै कठिनाइ छन् । वृद्ध चिनिँयाको संख्या धेरै भएकोले यस्तो वृद्ध बिरामीको चपेटामा पर्ने सम्भावना बढी हुन्छ ।

भारतमा भोजन तयार पार्न र तताउन दाउरा, गोबर, घाँसपातलगायत विभिन्न सामग्री बालिने गरेका कारण वायु प्रदुषण उच्च हुन्छ । भारतमा बाहिरी वायु प्रदुषणभन्दा पनि घरभित्र हुने प्रदुषणका कारण धेरै संख्यामा मृत्यु हुने गरेको छ । अनुसन्धानकर्ताले निम्न आर्थिक स्थितिका कारण भारतमा वायु प्रदुषण अझै बढ्ने आशंका गरेका छन् ।

ताजा समाचार

सम्बन्धित समाचार