काठमाडाैँ– काठमाडाैँ महानगरपालिकाले चालु आर्थिक वर्षमा १० हजार बाेटबिरुवा रोप्ने याेजना सार्वजनिक गरेपनि मनसुन सकिसक्दा समेत अाधा मात्र वृक्षराेपण गरेकाे छ।
सरकारले हरेक स्थानीय तहमा कम्तिमा १० प्रतिशत हरियाली कायम गर्ने घाेषणाा गरेपछि महानगरपालिकाले अार्थिक वर्ष २०७५/०७६ मा १० हजार बाेटबिरूवा राेप्ने याेजना गत असारमा सार्वजनिक गरेकाे थियाे। तर, हालसम्म ५ हजार बिरूवा मात्र राेपिएकाे काठमाडाैं महानगर, वातावरण विभागका विभागीय प्रमुख हरि कुँवर बताउँछन्।
नेपालमा विशेषगरी बर्खायाममा बाेटबिरूवा राेप्ने गरिन्छ। भर्खर राेपेका बाेटबिरूवालार्इ पर्याप्त पानी चाहिने भएकाले बर्खामा राेपेका बाेटबिरूवा हुर्कने सम्भावना बढी रहन्छ भने अन्य याममा बाेटबिरूवा राेप्न प्रचलन खासै छैन।
तर, विभागीय प्रमुख कुँवर ३२ वटै वडाका विभिन्न स्थानमा वृक्षरोपणकाे काम वर्षभरी चल्ने दाबी गर्छन। ‘काठमाडौँलाई हरियालीयुक्त शहर बनाउने लक्ष्य छ,’ उनले भने।
राेपिएका बिरुवाको संरक्षण संघसंस्थामार्फत भइरहेकाे कुँवर बताउँछन्। ‘काठमाडौँलाई क्लिन एण्ड ग्रीन सिटी बनाउने हाम्रो लक्ष्य अनुसार हामीले विरुवा रोपिरहेका छौँ,’ कुँवरले भने।