भोजपुर – जिल्लाका चार स्थानीय तहका २२ वडामा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ।
अलैँची जोन क्षेत्र निर्धारणका लागि बसेको सरोकारवालाको भेलाले सो निर्णय गरेको हो। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ खुमलटार ललितपुरले आयोजना गरेको सो छलफलमा भोजपुर नगरपालिकाको वडा नं १ र २ हेलौउछा, ३ गुप्तेश्वर, ४ सिद्धेश्वर, ५ बोखिम, आठ पोखरे, ९ काफ्ले, १० भैँसीपङ्खा र वडा नं ११ आम्तेकमा अलैँची जोन क्षेत्र लागू गर्ने निर्णय गरेको हो।
यस्तै षडानन्द नगरपालिका– ९ किमालुङ, वडा नं १० साङपाङ र वडा नं १३ बोयामा अलैँची जोन कार्यक्रम लागू हुने भएको छ। टेम्केमैयुङ गाउँपालिकाको वडा नं ६ बाहेकका सबै वडा, रामप्रसाद राई गाउँपालिका–१ ओख्रे र अरुण गाउँपालिका–२ चम्पे गरी जिल्लाभर २२ वडामा अलैँची जोन कार्यक्रम लागू गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि इञ्जिनियर सरोज अधिकारीले जानकारी दिए। रासस