ललितपुर । डोल्पाको कागुत्तो वनमा लागेको आगलागीमा परि तीन जना महिला गम्भीर घाइते भएका छन् ।
शनिबार बिहान ११ बजे नजिकैको छिमेकी गाउँ ल्हाँबाट घर फर्कने क्रममा त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने कागुत्तो वनमा लागेको आगलागीमा परेर तीन महिला गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।
घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–६ फुल्चिङ बस्ने १६ वर्षीया प्रतिमा रोकाय, सोही स्थानकी ६२ वर्षीया चाउरी चलाउने र सोही स्थानकै ६० वर्षीया मनरुपा चलाउने रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।