Wednesday, November 6, 2024

कलंकी अण्डरपास फेरि सञ्चालनमा आउँदै

काठमाडौँ– १ भदौदेखि सञ्चालनमा आएर फेरि बन्द भएको चक्रपथ अन्तर्गतको कलंकी अण्डरपास एक साताभित्रै सञ्चालनमा आउने भएको छ।

कलंकी अण्डरपास आयोजनाका प्रमुख प्रकाश भण्डारीका अनुसार यसअघि कालोपत्रे नगरेरै अण्डरपास सञ्चालनमा आएकाले बन्द गर्नुपरेको थियो। तर, अण्डरपासदेखि बल्खुसम्मकोे सडकखण्डमा मध्यभागको कालोपत्रे अन्तिम चरणमा पुगेका एक साताभित्रै सञ्चालनमा आउने बताए। ‘अहिले सडकखण्डको बीच भागमा कालोपत्रेको काम भइरहेको छ, अबको दुई–चार दिनमै सकिन्छ,’ उनले भने।

यसअघि कालोपत्रे बिनै अण्डरपास सञ्चालनमा ल्याइएपछि धुलो उड्ने समस्या थियो।

भण्डारीका अनुसार अण्डरपास केही दिनमै सञ्चालनमा आउने भएपनि १५ डिसेम्बरसम्ममा सरकारलाई हस्तान्तरण गरिनेछ। ‘कालोपत्रे पश्चात पेन्टिङको काम हुनेछ,’ उनले भने।

ताजा समाचार

सम्बन्धित समाचार