Wednesday, November 6, 2024

दुर्गन्धित पानी पिउन बाध्य बाढीपीडित

राजविराज – सप्तरी हनुमाननगरका स्थानीयवासी अशुद्ध पानी पिउन बाध्य भएका छन् ।

हालै आएको बाढीबाट प्रभावित हनुमाननगर कङ्कालनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका झण्डै ५०० घरपरिवार दुर्गन्धित पानी पिउन बाध्य भएका हुन्।

घर आँगनमा बाढी पसेपछि त्यहाँ रहेका ट्युबेलको पानीमा अहिले लेदो आउन थालेपछि उनीहरु स्वच्छ पानी पिउनबाट वञ्चित भएको स्थानीयवासी आकाश यादवले बताए। ट्युबेलमा लेदो र दुर्गन्धित पानी आउन थालेपछि त्यहाँका हजारौँ वासिन्दा त्यही पानी पिउन बाध्य भएको बाढीपीडित राम सदाले बताए। दुर्गन्धित पानी खाएकै कारण अहिले सो क्षेत्रका वासिन्दा बिरामी पर्न थालेको बताइएको छ।

दुर्गन्धित पानी पिउने गरेका कारण अहिले बाढीपीडितमा झाडापखाला, निमोनिया, रुघाखोकी, आँखा पाक्ने र घाँटी दुख्नेजस्ता रोगहरु देखिएको उनले बताए। रासस

ताजा समाचार

सम्बन्धित समाचार