Tuesday, November 5, 2024

गेस्टहाउस बचाऔँ अभियानले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

काठमाडौँ – भरतपुरमहानगरपालिकाले भरतपुरबासीको फोक्सो र मुटु समान स्थानमा सिटीहल बनाउन लागेको विरोध गर्दै गेस्ट हाउस चौर बचाऔँ अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

चितवनका प्रमुख जिल्ला अधिकारीमार्फत केन्द्र र प्रदेशमा उक्त ज्ञापनपत्र बुझाएको अभियानका सदस्य तथा विवेकशील साझा पार्टीका चितवन संयोजक भुपेन्द्र बस्नेतले जनाए।

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आफूले प्राप्त गरेका सबै कागजात सम्बन्धित निकायमा पठाउने र समस्या निराकरणका लागि विकल्पका लागि पहल गर्ने बताएको संयोजक बस्नेतको भनाइ छ।

ताजा समाचार

सम्बन्धित समाचार