लुम्बिनी–पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रको सहकार्य आवश्यक रहेकामा जोड दिइएको छ । नेपाल एशोसियशन ट्राभल एण्ड टुर्र एजेन्ट (नाट्टा) को प्रदेश नाट्टासँग भएको संयुक्त बैठकमा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने उद्देश्य पूरा गर्न सहकार्य हुनुपर्ने बताइएको हो।
बैठकमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटकको आगमन बढाउनका लागि वोर्डले निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढिरहेको बताए। ‘सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउन पूर्वाधारको विकास हुनु जरुरी रहेको छ,’ उनले भने।
प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव धनन्जय पौडेलले बुद्धिष्ट इन्टरनेशनल ट्राभल मार्टका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
नाट्टाका अध्यक्ष सिएन पाण्डेले मुलुकमा पर्यटक भित्र्याउनका लागि सबै पर्यटन व्यवसायी एकजुट भएर अगाडि बढ्नुपर्ने बताए। ‘विश्वको आकर्षकको केन्द्र रहेको लुम्बिनीलाई पर्यटनसँग जोड्नका लागि सरकारले सहयोेग गर्नुपर्छ,’उनले भने। रासस





