Tuesday, November 5, 2024

निजगढ विमानस्थल : संसदीय समितिले पर्यटनमन्त्रीलाई डाक्यो

काठमाडौँ – प्रतिनिधिसभाअन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि हुने भनिएको रुख कटानको विषयमा छलफल गर्न  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई बोलाएको छ।

विमानस्थल निर्माणका लागि पहिलो चरणमा २ हजार ५ सय ५६ हेक्टरका ७ लाख ६९ हजार रूख कटानको प्रक्रियाको थालनी भइरहेका बेला समितिले पर्यटनमन्त्री अधिकारीसँग शुक्रबार ११ बजे छलफल गर्न लागेकाे समितका सदस्य तथा नेपालका काँग्रेसका सांसद दिव्यमणिराज भण्डारीले बताए।

विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) बिना नै रुख कटानको तयारी गरिएको तथा बोटबिरुवा रोप्ने टुंगो नरहेको भन्दै वातावरणविद्हरूले आपत्ति जनाइरहेका छन्।

साथै, विमानस्थल निर्माण सुरु गर्नु अगाडि नयाँ रुख रोपिने प्रत्याभूति हुनुपर्ने र वातावरणीय क्षतिलाई सकेसम्म कम गर्न माग गर्दै संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ ।

काँग्रेस सांसद गगन थापाको नेतृत्वमा प्रदिप गिरी र दिव्यमणिराज भण्डारीले विहीबार जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन्।

ताजा समाचार

सम्बन्धित समाचार