राजापुर – बर्दियाको बारबर्दिया नगरपालिका क्षेत्रमा धान बालीमा अज्ञात रोग देखा परेको छ। विगत १० दिनदेखि पाक्नै लागेको धान बालीमा अज्ञात रोग देखा परेपछि सो क्षेत्रका कृषक चिन्तित बनेका छन्।
बाली सुक्ने, पहेँलो हुने र धानबाली ओइलाउन थालेपछि कृषक उब्जनी कम हुने र भोकमरी हुने चिन्तामा परेको स्थानीयवासी तिलक थारुले बताए। धान बालीमा देखिएको प्रकोप नियन्त्रणका लागि बाली संरक्षण कार्यालय नेपालगञ्ज र बारबर्दिया नगरपालिकाअन्तर्गत रहेको कृषि शाखाबाट अनुसन्धान गर्न टोली पठाएको नगर प्रमुख दुर्गाबहादुर थारुले बताए। धानमा औषधि छर्नुपर्ने भए पनि कृषकले खरीद गर्न नसक्दा समस्या भएको छ। बाली संरक्षण कार्यालय नेपालगञ्जका बाली संरक्षण अधिकृत मिलन गैरेले समस्या समाधान गर्न पहल गर्ने बताए।