Monday, November 4, 2024

दशैँका लागि अग्रिम टिकट बुकिङ मंगलबारबाट

काठमाडौँ – लामो समयदेखि विवादमा रहेको दशैँको लागि अग्रिम टिकट बुकिङ अन्ततः निष्कर्षमा पुगेको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबारदेखि दशैँका लागि अग्रिम बुकिङ खुला गर्ने जनाएको छ।

हाकाहाकीसँग कुरा गर्दै महासंघका महासचिव सरोज सिटौलाले अन्य विषयमा छलफल जारी रहेको र अग्रिम बुकिङ मंगलबार शुरु गर्ने निर्णय भएको बताए ।

‘अरु विषयहरूमा अझै पनि छलफल भइरहेको छ, दशैँको लागि अग्रिम टिकट बुकिङ भने ९ गतेबाट शुरु गर्ने निर्णय महासंघले गरेको छ,’ उनले भने ।

यसअघि यातायात व्यवस्था विभाग र महासंघबीच ३१ भाद्रमा असोज ५ गतेदेखि बुकिङ खुला गर्ने सहमति भएको थियो। असोज १ गते सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेपछि यातायातको भाडा बढाउनुपर्ने माग राख्दै महासंघले अग्रिम बुकिङ नखोल्ने जनाएको थियो ।

ताजा समाचार

सम्बन्धित समाचार