मनको संसारलाई नै पुरै उज्यालो दिन हरेक दिन प्रयत्न गर्नुपर्ने रहेछ । बिहानै उठेर मात्र हुँदैन भित्रैबाट पुरै ब्युझिनु प¥यो ।
सुलोचना मानन्धर
जीवनबाट एउटा नयाँ कविता पाठ गरेर सुरू गर्छु जीवनको कुरा ।
बिहानै एउटा नयाँ युग बोकेर ल्याउँछ
सुर्यले र मेरो अगाडी चुपचाप राखि दिन्छ
कुनै अमूल्य उपहारको पोका झै, हतारिदै खोल्छु, हेर्छु
नयाँ आशा र नयाँ जीवन पाउँछु
हिजोभन्दा फरक भैदिन्छ नयाँ दिन
यो नयाँ दिनको अनुभुति ।
दिनको अनुभुतिबाट सुरू गरेर जीवन अगाडी बढ्नलाई नै हो । यो जीवन यात्रामा जीवनलाई बोकेर जीवनलाई सदगति दिन हरदम प्रयत्न गर्ने, असल मनहरूलाई सलाम ।
जीवनलाई हरेक दिन, हरेक क्षण आहा भन्न सक्नु नै एउटा जीवनको सफलता पनि हो की ? यसै भन्न पाउँ भन्ने आशा गरेर मात्र पनि पुग्दैन, हृदयदेखि नै आफूलाई शुद्ध चित्तले अगाडि बढाउन सकिन्न भने बाहिरी संसार उज्यालो हुँदैमा पुग्दैन रहेछ । मनको संसारलाई नै पुरै उज्यालो दिन हरेक दिन प्रयत्न गर्नुपर्ने रहेछ । बिहानै उठेर मात्र हुँदैन भित्रैबाट पुरै ब्युझिनु प¥यो ।
पुरै ब्युझिन सकेन भने सारा जीवन नै यो एक दिनको कुरा मात्र होईन ब्युझिन नसकेपछि सारा जीवन निद्रामा या तन्द्रामा या त सपना मै सिध्दिन सक्छ । बरदानस्वरूप पाएको आफ्नो मानव जीवनलाई भित्री हृदयदेखि नै अनुभुति गर्दै अगाडि बढ्न पनि हाम्रो भित्री आनन्द छ । आनन्द मैले महशुस गर्न सकिराखेको छैन भन्ने लागेको छ भने हामीले यसका निम्ति पनि जीवन यात्रा अगाडि बढाउन, उज्यालो तिर मोड्नै पर्छ । अझै भ्याउँछ भने जीवनलाई बुझ्नका निम्ति आजको यो समयलाई बुझ्न र आज यसरी जीवनलाई हरेक दिन नयाँ नयाँ दृष्टिबाट, नयाँ कोणबाट हेरिरहनु पर्ने हुँदो रैछ । नत्र भने आफ्नो जीवनलाई नै नबुझेर आफ्नो जीवन यात्रा समाप्त गरिसकेका हुन्छौं ।
मलाई लाग्छ हरेक दिन नयाँ हो भने अझै भ्याउँछ जीवन बुझ्नका निम्ति । आजको समय आज एक दिन भन्नु पनि एउटा युग बराबर हो । एक दिन समय पाएको छ भने पनि आजैबाट सुरू गरौं । जीवनलाई अझै नयाँ ढंगले बुझ्न र अगाडि बढ्न कोसिस गरौं ।
ब्यँुझिदा जीवनलाई चाँही ओहो कति राम्रो जीवन पाएको रहेछु भन्ने महसुस गर्न पाउने यो सारै ठूलो बरदान हो । र, यो भन्न सक्नुको निम्ति पनि हामीले यो जीवनको निम्ति कुरा गर्दै आएको धर्मलाई फेरी पनि एकपल्ट बाँकी भएको अशंलाई पुरा गर्दै जाऔं । हरेक दिन ब्युँझिनासाथ गाडी पक्रनु जस्तै हो । जतिसक्दो चाँडो स्वःधर्मको गाडीमा चढी हाल्नु राम्रो । नत्र भने अलमलिनुले समय त गईसकेको हुन्छ ।
नत्र गलत बाटोमा पनि जानी नजानी फसिसकेका हुन्छौं । बिहान ऐना हेर्नु अगाडि म स्वःधर्ममा छु या छैन । स्वधर्म भन्ने कुरालाई हामीले तीन अक्षर मात्र भए पनि अक्षरलाई संझिन सक्यौं भने पनि त्यो नै ठुलो मन्त्र हुन्छ, हाम्रो निम्ति । आज म आफ्नो कर्तव्यमा छु की छैन ? मेरो कर्तव्य के हो ? भन्ने ध्यान दिउँ । हरेक दिन नयाँ र फरक पनि हुन सक्छ । यो सांसारिक जीवनमा आजको कर्तव्यमा स्पष्ट हौं । हिजोको त दिन बिति नै सक्यो । तर हिजोभन्दा फरक कर्तव्य पनि आफ्नो हातमा आइराखेको हुनसक्छ । र हामीले बिर्सनै नहुने अर्को कुरा हो स्वःधर्मभित्र पर्छ यी कुराहरू । ध्यान र योगलाई नछुटाऔं । यो मनको निम्ति, शरीरको निम्ति, जीवनको निम्ति, आहार विहारमा पनि अबश्य ध्यान दिऊँ । र अर्को कुरा छ आफ्नो निम्ति आफै बत्ती बालौं । यो त बाल्दै बाल्दै नै आइरहेका छांैं होइन त ?
मन्त्र जप्नु छ भने आफु स्पष्ट भएर जपौं । जीवनलाई पार गर्ने मन्त्रहरू बारम्बार दोहो¥याऊँ । जसले गलत बाटोबाट होइन सँधै उज्यालोतिर धकेलि रहोस् ।
आफुले बुझ्नै नभ्याइकन धेरै श्लोकहरू पढेर बिहानको समय खर्चिनुभन्दा आफुले बुझेको स्पष्ट पार्ने एउटा बत्ती भएपनि पुगिहाल्छ नी । जसले हामीलाई सही मार्ग निर्देशन दिन्छ, दिनसक्छ अहिलेको अहिल्यै । बिचलित हुनबाट जोगाउँछ । मन्त्रको आफ्नै अर्थ छ । महत्व छ । यो जीवनलाई साँच्चिनै अहिलेनै उज्यालोतिर धकेल्ने, उज्यालोतिर डो¥याउने मन्त्र जपी रहुँ । स्वःधर्ममा संझिनुपर्ने कुरालाई संक्षिप्तमा जान्ने हो भने अस्ति एकपल्ट एकजना दिदीसँग कुराकानी भएको पनि थियो । उसो भए स्वःधर्मको मुल कुरा के होला त ? भन्ने कुराहरूमा पुग्दा, विभेदपूर्ण जीवन बिताउनु नै हो । जीवनको कर्तव्य आफ्नो मुल कर्तव्य के हो भन्ने सम्झने र लागु गर्ने हरेक दिन । त्यो समिक्षा पनि गरेर पनि हुन्छ बेलुका अब मैले ठिक गरें की बेठिक गरें भनेर तर त्यो पछुताउने होइन, भोलिदेखि सुधार्ने हो । आजैबाट सुधार्न पर्छ ।
जीवनको कुरा गरिरहेका छौं । यात्रा कर्म अवस्था सबैको भिन्दाभिन्दै अवस्था हुन्छ, सबैको एउटै खालको बाटो हुँदैन । सबैको एउटै खालको कर्म हुँदैन । भनिन्छ नि, भाग्य हुँदैन । र आफ्नो मुल भूमिका के हो त ? कुन कर्तव्य गर्नु ठिक र कुन कर्तव्य नगर्दा पनि हुन्छ । आफ्नो कर्तव्यप्रति स्पष्ट हुने र उज्यालोमा पाइला टेक्नु नै हो ।
हरदम उज्यालोतिर फर्किने र जीवनका हरेक दिन नयाँ भएकोले हरेक दिनको यात्रामा हिजोभन्दा आज अझै अलिकति भए पनि नयाँ पाइला चालेको हुनुपर्छ, अगाडि पुगिराखेको महसुस हुनुपर्छ । गतिमा छ की छैन ? अगाडि पुगेको जस्तो लागेको छ भने प्रगति बाटोमा, कर्तब्यमा छु । आफुले गर्नुपर्ने कर्तब्य पुरा गरेको छु भन्ने लागेको छ भने मन त त्यसैपनि सन्चो भईहाल्छ नि । हो त्यो बेला चाँही म स्वःधर्ममा छु भन्ने कुरा महसुस हुन्छ । र स्वःधर्म भनेको बाहिरबाट लेखिएको कुनै एउटा साइनबोर्डमा कुनै एउटा किताबमा पाइने कुरा होईन, स्वस्धर्म भनेको आफै आफैलाई पालन गर्नुपर्ने, पालन गर्दै कर्तव्यमा, गतिमा उन्नति र प्रगतिमा हिंडिराख्ने बाटो हो । धर्म खोज्न र गुरू खोज्न अरू धेरै यज्ञहरूमा लाग्नु जरूरी पनि छैन । आनन्द आफै प्राप्त हुन्छ । गुरूहरू होस् या भगवान स्वयम् पनि आफैसँग हुन्छ यदि समय र कर्तब्यलाई संझिने हो भने सत्यलाई नै भगवान मान्ने हो भने । स्वःधर्ममा रहेको जो कसैको पनि साथमा भगवान स्वयम्ले साथ दिनुुहुन्छ भन्छन् । यो सत्य पनि होला भन्ने मलाई विश्वास लागेको छ । र स्वःधर्मका कुरालाई यहींसम्मलाई बिसाउँ, हामी अर्कोपालि फेरी पनि अरू नै विषय लिएर कुराकानी गरौंला ।
अघिल्लो पालि मैले ध्यानको बारेमा समय पाए भने ध्यानबारेमा जुन दुई दिनको प्रशिक्षणमा नै भनु ध्यानको बारेमा केही कुराहरू सिकेर फर्किन पाएँ । त्यो कुरा भनेको के हो भन्दाखेरी मैले अलिकति समय पाए । हामीसँग समय बाँकी भएको कारणले गर्दा ध्यान गर्नु भनेको थप टेन्सन लिनु भन्ने होइन भनेर अस्ति कुराकानी अगाडि बढाउँदा पुरा भएको थिएन ।
यो ध्यान भनेको कुरा आनन्द लिने, आनन्दको स्रोत हो । जीवनमा एउटा अत्यन्त ठुलो स्रोत हो जसले ध्यान गर्न सकेको छ । तर एउटा चिन्ता लागि राखेको हुन्छ – मैले त खै ध्यान गर्छु भनेको गर्नै सकेको छैन । के गर्ने होला भनेर चाहिं हामीले भनिराखेका पनि हुन्छौं । तर त्यहाँ चाहिं ध्यानको बारेमा गलत ढंगले बुझ्न भ्यायौं की ? किनभने ध्यान भनेको जहिले पनि जुनसुकै बेलापनि गर्न सक्ने विधा हो । र यो कुरालाई एक घण्टा, दुई घण्टा लगाएर गर्न भनेर सोच्न थाल्यौं भने हामी ध्यानबाट परपर पुग्छौं । तर त्यसलाई स्वच्छ रूपमा आफुलाई चाहिं ध्यानको बारेमा सोच्दाखेरी मनमा के कुरा खेलि राखेको छ त्यो हेर्नसक्नु नै ध्यान हो । यसको विधिको बारेमा हामी फेरी कुरा गरौंला । मनमा खेलिराखेको कुराहरू, नचाहिने कुराहरू खेलिराखेको छ भने अलग्गै बसेर आफ्नो जीवनमा फर्किन सक्यौ भने पनि त्यहाँ ध्यान भईराखेको हुन्छ । र यसको बारेमा दश पन्ध्र मिनेट हरेक दिन नियमित रूपमा प्रयोग गर्न सक्यौं भने हामीलाई एकदमै राम्रो हुन्छ । हामी सबैको जीवन सुखःमय होस्, आनन्दमै होस्, हिजोभन्दा प्रगति उन्नति होस् र साथसाथै देशको पनि होस् । उज्यालोतिर फर्कियोस् भन्ने कामना गर्दै हामी बिदा हुन्छौ ।