Friday, October 18, 2024

हाकाहाकी डट ओआरजीका बारेमा वातावरण र दीगो विकाससम्बन्धि एकीकृत मल्टीमिडिया पोर्टल

भित्ते पत्रिकाबाट म्यागेजिन र अब म्यागेजिनबाट न्यूज पोर्टल – नेपाल वातावरण समूह (नेफेज)ले लामो यात्रा गरेको छ, वातावरण र दीगो विकासका मुद्दाबारे जनचेतना पैmल्याउने अभियानमा ।

नेफेजको यात्रा सुरु भएको थियो, ‘वातावरण’ नामक भित्ते पत्रिकाबाट । यो पत्रिकालाई सस्तो कागजमा छापेर काठमाडौं उपत्यकाका विभिन्न अर्धसहरी एवं दुर्गमक्षेत्रमा वितरण गरिन्थ्यो । पछि यसलाई म्यागेजिन स्वरुपमा प्रकाशन गर्न थालियो । र, त्यसको नाम जुराइयो – ‘हाकाहाकी’ । हाकाहाकीको अँगे्रजी सँस्करण पनि निकालियो – फेस टु फेस । वातावरण र दीगो विकासका मुद्दामा केन्द्रित म्यागेजिन प्रकाशन गर्नु निकै सह्रानीय प्रयास थियो । तर, आर्थिक रुपले यो निकै चुनौतिपूर्ण काम थियो । यद्यपि, वातावरण र दीगो विकासमा चासो र चिन्ता राख्ने केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाको सहयोग एवं सद्भावले यी दुई म्यागेजिन प्रकाशन सम्भव भयो ।

तर, हाकाहाकी र फेस टु फेसले लामो समयसम्म सहयोग पाउन सकेन । र, अन्ततः यी दुबै प्रकाशन बन्द हुन पुगे । केही बर्षको अन्तरालपछि नेफेजले फेरि आर्थिक सहयोग जुटायो, हाकाहाकी मासिक र फेस टु फेस द्वैमासिक रुपमा प्रकाशन गर्न । बजारमा बग्रेल्ती पत्रपत्रिका भए पनि हाकाहाकी र फेस टु फेसले छुट्टै पहिचान बनायो । किनकि, वातावरण र दीगो विकासका मुद्दामै केन्द्रित अरु कुनै पत्रिका नेपालमा थिएन, अहिले पनि छैन । खासगरी नीति निर्माता र वातावरण–विकास साझेदार माझ हाकाहाकी र फेस टु फेस निकै लोकप्रिय बन्न पुगे । आम पाठकले पनि नयाँ स्वाद पाए । वातावरण र दीगो विकासका मुद्दालाई राष्ट्रिय एवं स्थानीय स्तरमा उजागर गर्नमात्र हैन, नीति निर्मातालाई जनपक्षीय निर्णयका लागि प्रभावित पार्न पनि हाकाहाकी र फेस टु फेस सफल भए ।

तर, पत्रिका प्रकाशन र वितरण दिनदिनै खर्चिलो बन्दै गएको थियो । विभिन्न दातृ संस्थाको सहयोगले पनि पुग्न छाडेको थियो । र, अन्ततः फेरि दुबै प्रकाशन बन्द भए ।

तर, वातावरण र दीगो विकासको मुद्दामा केन्द्रित भई कलम चलाउनु अहिले झनै आवश्यक भएको छ । यसैले, नेफेजले एउटा नयाँ मल्टी–मिडिया अनलाइन पोर्टल सुरु गरेको छ, जुन पूर्ण रुपमा वातावरण र दीगो विकासकै मुद्दामा केन्द्रित हुनेछ । स्वदेश र विदेशमा बसोबास गर्ने नेपालीले मात्र हैन, वातावरण र विकासका मुद्दामा चासो राख्ने जोकोहीले यही पोर्टलमार्पmत् नेपाललाई प्रभाव पार्ने वातावरणीय सामग्रीहरु पाउनेछन् । नेपालमा अहिले कुनै त्यस्तो पोर्टल छैन, जहाँ वातावरण र दीगो विकासका मुद्दाबारे सम्पूर्ण सामग्री पाउन सकियोस् ।

नेफेजले आप्mना सम्पूर्ण लेख, श्रव्य र दृश्य सामग्री यही पोर्टलमार्पmत् पाठकलाई उपलब्ध गराउनेछ । नेफेजलाई झन् सशक्त संस्थामा रुपान्तरण गर्दै सञ्चार र इन्टरनेट प्रविधिको नयाँ युगमा दरिलो पाइला चाल्ने उद्देश्यअनुरुप यो निर्णय गरिएको हो ।

नेफेजले नै दक्षिण एसियामा सामुदायिक रेडियोको अवधारणा भित्र्याएको हो । रेडियो सगरमाथाको स्थापना आपैंmमा एउटा सञ्चार क्रान्ति हो । नेपालीपन्लाई आत्मसात् गर्ने रेडियो सगरमाथा अभैm पनि नेपाली स्रोतामाझ उत्तिकै लोकप्रिय छ ।

आँखीभ्mयाल नेफेजको अर्को गर्विलो उत्पादन हो । यो साप्ताहिक भिडियो म्यागेजिनले १,००० अंकको कोशेढुंगा पार गरिसकेको छ । र, यसको १,०५९ अंक यसै साता प्रसारण भएको छ । सातामा तीन पटक प्रसारण हुने समाचारजन्य भिडियो सामग्री नयाँ पुस्ता बालबालिकामाझ निकै लोकप्रिय छ । र, अब पानी नामक नयाँ कार्यक्रम सुरु भएको छ । यो साप्ताहिक टेलिभिजन कार्यक्रमले मध्य र सुदूर पश्चिम नेपालका कर्णाली, महाकाली र राप्ती नदी जलाधार क्षेत्रमा सक्रिय संरक्षणकर्मी र अभियन्ताहरुको जीवन, संघर्ष र योगदानमा प्रकाश पार्नेछ । नेफेजको मल्टी–मिडिया पोर्टलमा यी सबै सामग्रीहरु नियमित रुपमा उपलब्ध हुनेछन् ।

यी सामग्रीहरु पढ्न, सुन्न र हेर्न धधध।जबपबजबपष्।यचन मा एक क्लिक गरे पुग्छ । यो पोर्टललाई वातावरण र दीगो विकाससँग सम्बन्धित हरेक प्रकारको सूचना उपलब्ध हुने साझा मञ्चमा रुपान्तरण गर्ने दीर्घकालीन लक्ष्य लिइएको छ ।

यो एकीकृत अनलाइन पोर्टलले आम पाठकलाई वातावरण र विकासका मुद्दामा सचेत बनाउँदै नीति–निर्मातालाई आपसमा र जनतासँग संवाद गर्ने अवसर उपलब्ध गराउने छ । सांसद्, स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, दातृ संस्था, शिक्षक, अभियन्ता र विद्यार्थी वर्गमा लक्षित यो पोर्टल जनपक्षीय वातावरण र विकास नीतिको वकालत गर्ने प्रभावकारी सञ्चार माध्यम हुने विश्वास लिइएको छ ।

सामग्रीहरु
यो मल्टी–मिडिया पोर्टलले समाचार, आलेख, अन्तर्वार्ता र फोटोकथाजस्ता नियमित सामग्रीहरु त पस्किने नै छ, नेफेजद्वारा उत्पादित विभिन्न श्रव्य–दृश्य सामग्री र हाल बन्द भएका हाकाहाकी र फेस टु फेसका सान्दर्भिक लेख–रचनालाई पनि नयाँ रुपमा पेश गर्नेछ । साथै, पानी कार्यक्रमसँग सम्बन्धित रोचक सामग्रीहरु पनि यो पोर्टलमा उपलब्ध हुनेछन् ।

वातावरण र दीगो विकासका नियमित मुद्दाहरुबारे त चर्चा गरिने नै छ, पानी कार्यक्रमअन्तर्गत उत्पादित रेडियो, टेलिभिजन र अन्य विशेष मल्टी–मिडिया सामग्रीहरु पनि यो पोर्टलमा राखिनेछ । यी विशेष सञ्चार सामग्री उत्पादन गर्न अनलाइन पोर्टल टिम र पानी कार्यक्रमअन्तर्गतको रेडियो–टेलिभिजन समूहबीच गहिरो सहकार्य हुनेछ । कर्णाली, महाकाली र राप्ती जलाधार क्षेत्रमा बसोबास गर्ने मानिसको जीवन र जनजीविकामाथिको रोचक सामग्रीहरुमार्पmत् पानी कार्यक्रमको गतिविधिमाथि प्रकाश पारिनेछ । यी जलाधार क्षेत्र र त्यहाँको जैविक विविधता संरक्षणमा कटिवद्ध स्थानीय अग्रणी नेता र समुदायको योगदानबारे विभिन्न सामग्रीहरु तयार पारिनेछ ।

अमेरिकी विकास सहयोग नियोगको सहयोगमा सञ्चालित पानी कार्यक्रमको सहयोगबिना यो मल्टी–मिडिया पोर्टल सुरु गर्नु सम्भव हुन्थेन । पानी कार्यक्रमले नेफेजलाई अनलाइन मल्टी–मिडिया सुरु गर्नमात्र नभई एउटा यस्तो पोर्टल रचना गर्ने अवसर दिएको छ, जुन पानी कार्यक्रम समापन भएपछि पनि नेफेजको मात्र नभई आम पाठकको एउटा सम्पतिको रुपमा रहनेछ । यसबाट नेफेजलाई आम जनतालाई वातावरण र दीगो विकासको मुद्दामा सचेत बनाउने आप्mनो लक्ष्य पूरा गर्न पनि मद्दत पुगेको छ । यसनिम्ति, हामी पानी कार्यक्रमप्रति हार्दिक आभार प्रकट गर्दछौं ।

तर, पानी कार्यक्रमको सहयोगले मात्रै यत्रो वृहत् मल्टी–मिडिया दीर्घकालसम्म सञ्चालन गर्नु सम्भव छैन । यसैले, हामी अन्य दाता र संस्थाको पनि सहयोगको अपेक्षा गर्दछौं ।

रेडियो र टीभी निश्चित समय र अवस्थामा मात्रै सुन्न–हेर्न मिल्छ । रेडियो–टीभीको त्यो कमजोरी यो अनलाइन पोर्टलले पूरा गर्नेछ । नेफेजद्वारा उत्पादित रेडियो–टीभी कार्यक्रमलाई थप स्रोता–दर्शकमाझ पु¥याउन यो पोर्टल निकै प्रभावकारी हुनेछ । स्रोता–दर्शकले जुनसुकै समयमा पनि यो पोर्टलमा प्रवेश गरी नेफेजको रेडियो–टीभी सामग्री सुन्न–हेर्न सक्नेछन् ।

यो अनलाइन पोर्टललाई सही अर्थमा मल्टी–मिडिया पोर्टल बनाउने लक्ष्य हाम्रो छ । यो नेफेजद्वारा उत्पादित सञ्चार सामग्री पढ्न, सुन्न र हेर्न मिल्ने एक–द्वार प्रणाली त हुने नै छ, विभिन्न देशमा छरिएर बसेका लाखौं नेपालीका लागि पनि नेपाललाई प्रभाव पार्ने वातावरण र विकासका मुद्दा पढ्ने–बुभ्mने भरपर्दो स्रोत हुनेछ । पोर्टलको सुरुवात हुनुभन्दा धेरै अघिदेखि नै लाखौं पाठक, स्रोता र दर्शकले नेफेजको सामग्री पढ्दै, सुन्दै र हेर्दै आएका छन् । यो पोर्टलले झन् धेरै पाठकको पहुँच नेफेजद्वारा उत्पादित सामग्रीमा पु¥याउनेछ ।

उदाहरणका लागि, हाम्रो साप्ताहिक भिडियो म्यागेजिन आँखीभ्mयाल एभेन्यूज र नेपाल टेलिभिजन प्लसमार्पmत् प्रशारण हुन्छ । वातावरण र विकासका मुद्दामा केन्द्रित भिडियो म्यागेजिनहरु नेपालमा खासै छैनन् । यसैले पनि आँखीभ्mयाल निकै लोकप्रिय छ । आँखीझयालले केहीअघि मात्रै १,००० अंक पार ग¥यो, जुन नेपालमात्र नभई विश्वकै लागि एक कीर्तिमान हुनसक्छ ।

नेफेजले ८ देखि १६ बर्ष उमेर समूहका बालबालिकालाई लक्षित गरेर पाँच मिनेट लामो टेलिभिजन सामग्री पनि उत्पादन गर्दै आएको छ । नयाँ पुस्ता नाम दिइएको यो सामग्री एभेन्यूज र एनटीभी प्लसमार्पmत् साताको तीन पटक प्रशारण हुन्छ । विगत पाँच बर्षदेखि सञ्चालित यो कार्यक्रमले बालबालिकालाई देशमा भइरहेको राजनीतिक–सामाजिक गतिविधिबारे बुभ्mन मद्दत गर्दै आएको छ ।

सन् १९९७ मा स्थापित रेडियो सगरमाथा दक्षिण एसियाकै अग्रणी सामुदायिक रेडियो हो । रेडियो सगरमाथाले देखाएकै बाटोमा हिँडेर धेरै सामुदायिक रेडियोहरु नेपालमा खुलेका छन् । काठमाडौं उपत्यकाभित्र र छेउछाउका जिल्लाका स्रोताहरुमाझ रेडियो सगरमाथा निकै लोकप्रिय छ । उनीहरुले आफ्नो प्रिय रेडियो स्टेशनमार्पmत् विभिन्न समसामयिक गतिविधिका साथसाथै वातावरण र विकासका मुद्दाहरुबारे जानकारी पाउने गरेका छन् ।

यी माथिका सबै लोकप्रिय रेडियो–टीभी कार्यक्रमहरु अब नेफेजको एकीकृत मल्टी–मिडिया पोर्टलमा उपलब्ध हुनेछन् । विभिन्न माध्यममा छरिएका रहेका सामग्रीलाई एकै ठाउँमा ल्याउँदा र पाठकले एक क्लिकमार्पmत् ती सबै सामग्री पढ्न, सुन्न र हेर्न पाउँदा हाम्रो सन्देश झन् प्रभावकारी तवरले बाहिर जानेछ । यसैले, हामी यसलाई देशकै अग्रणी मल्टी–मिडिया पोर्टलको रुपमा विकास गर्न कटिबद्ध छौं ।

हाम्रो ट्याग लाइन हुनेछ – पढ्नूहोस्, सुन्नूहोस् र हेर्नूहोस् ! आप्mनो इन्द्रियलाई जगाउनूहोस् !

ताजा समाचार

सम्बन्धित समाचार