Friday, November 1, 2024

पत्रपत्रिकामा आज : खानीको जग्गा व्यक्तिको नाममा, डुबान क्षेत्र नियन्त्रण गर्न १ करोड २७ लाख

काठमाडाैँ – आज प्रकाशित दैनिक पत्रपत्रिकामा विकास,स्वच्छ वातावरण र दुर्घटना लगायतका शीर्षकमा समाचार छापेका छन् । साथै मल अभाव र पुनर्निर्माणका समाचारलाई पनि प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

नागरिक
–आजको नागरिमा सिन्धुपाल्चोकमा नौ हजार घर बन्न बाँकी शिर्षकमा ध्रुव दंगालको समाचार छापिएको छ। भूकम्पबाट सर्वाधिक क्षति भएको सिन्धुपाल्चोकमा घर पुनर्निर्माण गर्न विभिन्न व्यावहारिक तथ कानुनी उल्झन बाधक देखिएका छन्। पीडितहरूकै कारण यहाँ पुनर्निर्माण पछाडि धकेलिने देखिएको छ। जिल्लामा पुनर्निर्माण अन्तिम चरणमा पुग्दा साढे ६ हजार पीडितले अझै घर बनाउन सुरु नै गरेका छैनन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइ(भवन)को तथ्यांकअनुसार पहिलो चरणमा लाभग्राही सूचीमा समेटिएकामध्ये ६ हजार ५ सय ५० पीडितले घरको जग खन्न पनि सुरु गरेका छैनन्। पहिलो चरणमा ८३ हजार ६ सय ६३ पीडित लाभग्राही सूचीमा समेटिएका समाचारमा उल्लेख छ।

कान्तिपुर
–आजको कान्तिपुरमा खानीकाे जग्गा व्यक्तिको नाममा शिर्षकमा कृष्ण ज्ञवालीको समाचार छापिएको छ । र्वोच्च अदालतको फैसलाका कारण खानी विभागको तीनकुनेस्थित एक रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ । प्राकृतिक ग्यास उत्पादनको सम्भावना रहेको भन्दै २०४३ सालमा खानी तथा भूगर्भ विभागले अधिग्रहण गरेको जग्गालाई सर्वोच्चले ‘अधिग्रहण गरेको भन्न नमिल्ने’ ठहर्‍याई व्यक्तिका नाममा हुने फैसला गरेको हो ।

आनाको करोड रुपैयाँभन्दा बढी पर्ने जग्गाको हालको मूल्य करिब २० करोड रहेको स्थानीय बताउँछन् । सर्वोच्चले खानी तथा भूगर्भ विभागलाई जग्गा आवश्यक भए हालकै मूल्यमा अधिग्रहण गर्न आदेश दिएको छ । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीश पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले २०७४ भदौ ७ गते यस्तो फैसला गरेको हो । फैसलाको पूर्णपाठ हालै तयार भएको छ ।

काठमाडौं उपत्यकामा प्राकृतिक ग्यासको सम्भावना अध्ययनको सिलसिलामा खानी तथा भूगर्भ विभागले कोटेश्वर गाउँ पञ्चायतको वडा नम्बर ३ क स्थित कित्ता नम्बर २७७ र २७८ को एक रोपनी जग्गा २०४३ पुस ११ गतेको निर्णयअनुसार अधिग्रहण गरेको थियो । तत्कालीन जिल्ला प्रशासन कार्यालय काठमाडौंले जग्गा प्राप्ति ऐनअनुसार अधिग्रहणका क्रममा मुआब्जाको मागदाबी गर्नु भनी गोरखापत्रमा सार्वजनिक सूचना निकालेको थियो । कसैले पनि तोकिएको म्यादभित्र उजुरी नगरेपछि जिप्रकाले सरोकारवाला गंगाधर भट्ट र उद्धव भट्टका नाममा प्रमाणसहित एक साताभित्र मुआब्जा रकम बुझ्न आउनु भनी सूचना प्रकाशित गर्‍यो । तर, कसैले उजुरी र मुआब्जामा दाबी गरेन । तत्कालीन गाउँ पञ्चायतले पनि वडा समितिमार्फत सूचना निकाल्नुका साथै सार्वजनिक मुचुल्कासमेत गराएको समाचारमा उल्लेख छ ।

त्यस्तै ‘वनलाई जीवनसँग जोडौं’ शिर्षकमा अर्को समाचार छापिएको छ । प्रदेश ३ का उद्योग, पर्यटन वन र वातावरण मन्त्री अरुण नेपालले वनलाई जनताको जीवनसँग जोड्नुपर्ने बताए । ‘सामुदायिक वनको अवधारणाले खुइलेका डाँडापाखालाई हराभर बनायांै, अब वनलाई उत्पादनसँग जोडेर मानिसको जीवनमा परिवर्तन ल्याउनुपर्छ,’ उनले भने । वनलाई कृषि, उद्योग र पर्यटनसँग जोड्नुपर्छ अनि मात्र समृद्धि सम्भव हुने बताए ।

नेपाल सामुदायिक वन उपभोक्ता महासंघ र आदिवासी जनजाति महासंघको संयुक्त रूपमा आयोजित आदिवासी जनजाति र स्थानीय समुदायका लागि लक्षित अनुदान संयन्त्र विषयक प्रादेशिक गोष्ठीमा उनले उक्त भनाइ राकेका हुन् । नेपालले अन्तर्राष्ट्रिय दातृ संस्थाले दिएका अनुदान र ऋणमा उनीहरूको गलत नियत लुकेको हुन सक्छ त्यसतर्फ सबै सरोकारवालाहरू सचेत रहन पनि आग्रह गरेको समाचारमा उल्लेख छ ।

विश्व बैंकले वन लगानी कार्यक्रमअन्तर्गत आदिवासी जनजाति र स्थानीय समुदायका लागि करिब ५४ करोड उपलब्ध गराउँदै छ । उक्त उपलब्ध गराउन के कस्तो संयन्त्रको आवश्यकता पर्छ भनेर प्रदेशस्तरमा उक्त गोष्ठी गरिएको हो ।

नेपाल समाचारपत्र
–आजको समाचारपत्रमा डुबान क्षेत्र नियन्त्रण गर्न १ करोड २७ लाख शिर्षकमा समाचार छापिएको छ ।
बौद्ध स्तुपा परिसमा हुने डुबान नियन्त्रण गर्न करिब १ करोड २७ लाख रुयिाँ लागतमा ढल बिछ्याइने भएको छ । वर्षा लागेसँगै जगडोल, रामहिटी, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ र ९ को पानी जम्मा भएर बौद्ध गेटनजिकको खहरेमा पुर्याउने योजना बनेको हो समाचारमा उल्लेख छ ।

राजधानी
–आजको राजधानीमा काठकै पुलमा सवारीसाधन आवतजावत शिर्षकमा समाचार छापिएको छ ।
इलामको माई नगरपालिका १० लेवा खोलामा साना सवारीसाधन चल्न सक्ने काठको पुल बनाइएको छ ।
वर्षातको बला भेलबाढी आएर समस्या हुने गरेको लेवा खोलामा पुल बनेपछि त्यहाँबाट मोटरसाइक, यात्रुबाहक जिप तथा ढुवानी साधन पिकअप र ट्याक्टर पनि तर्न थालेका छन् । नगरपालिकाको १० नम्बर वडा कार्यालयमार्फत ५० हजार रुपैयाँ र स्थानीय बासिन्दाको ५० हजार रुपैयाँ श्रमदानमा खोलामा काठको पुल निर्माण भएको हो । पुलमा काठ, बाँस, र ढुंगा प्रयोग गरिएको छ । तारले बाँध्ने र काँटी ठोक्ने काम गरिएको छ । पुलको लम्बाइ आठ मिटर जति रहेको समाचारमा उल्लेख छ ।

ताजा समाचार

सम्बन्धित समाचार