Wednesday, October 2, 2024

बिमस्टेकको बारेमा गम्भीर समीक्षा गर्ने बेला आयो : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडाैं–बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) देशका परराष्ट्रमन्त्रीस्तरीय बैठक राजधानी काठमाडौंमा शुरु भएको छ।

काठमाडौँमा बुधबार बिहान बसेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को १६औँ मन्त्रीस्तरीय बैठक । तस्बिर : प्रदीपराज वन्त, रासस

बुधबार अपराह्न शुरु भएको बैठकलाई सम्बोधन गदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिमस्टेकलाई अगाडि लैजानको लागि ठोस योजनासहित अघि बढ्ने बेला भएको बताएका छन् । ‘हामीले दुई दशक पूरा गरेका छाैं, केही प्रगति भएको छ तर, ती प्रगति सम्भावनासँग मेल खाँदैन। त्यसैले हामीले गरेका कामको बारेमा पछाडी फर्केर हेर्ने र गम्भीर समीक्षा गर्ने बेला आएको छ,’ उनले भने।

यस क्षेत्रको लागि गरिबी एक प्रमुख समस्याको रुपमा देखा परेको छ। सन् दीर्घकालीन विकास लक्ष्य २०३० अनुसार बिमस्टेकको गरिबी निवारणसम्बन्धी कार्ययोजनालाई लागू गरेर गरिबी न्यूनीकरणमा ध्यान दिनुपर्ने ज्ञवालीले बताए।

उनले ‘कनेक्टीभिटीको मास्टर प्लान’े तयार भइरहेको र यसले यस क्षेत्रमा कनेक्टीभिटीलाई बढाउने बताए। उनले ऊर्जा सहकार्य सम्बन्धी समझदारी पत्रमा सम्मेलनको दौरानमा हस्ताक्षर भएपछि ग्रिड कनेक्टीभिटी अगाडि बढ्ने विश्वास व्यक्त गरे।

उनले यो क्षेत्रमा जलवायु परिवर्तनको र प्राकृतिक विपत्को जोखिममा रहेको बताए । उनले जलवायु परिवर्तनको प्रभावले उत्पन्न विषम परिस्थितिको सामना गरिसकेको भन्दै यसमा सहकार्यको लागि सबै मुलुकलाई आग्रह गरे ।

ताजा समाचार

सम्बन्धित समाचार