Friday, August 1, 2025

काठमाडौं–केरुङ रेलमार्गको डीपीआर नोभेम्बरपछि

ललितपुर : काठमाडौं–केरुङ रेलमार्गको प्राविधिक पक्षहरूको बारेमा छलफल गर्न चीन भ्रमणमा गएको एक उच्चस्तरीय सरकारी टोली आगामी नोभेम्बरमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम अगाडि बढाउन काठमाडौंमा बैठक गर्ने सहमति गरेर काठमाडौं फर्किएको छ।

शहरी विकास तथा पूर्वाधार विकास मन्त्रालयका सचिव मधुसुधन अधिकारीको नेतृत्वमा गएको टोली र चिनियाँ पक्षबीचमा विशेषत प्राविधिक विषयमा छलफल भएको थियो।

बैठकमा चिनियाँ पक्षले विभिन्न चुनौती रहेको बताएपनि रेलमार्ग निर्माण गर्न सकिने जानकारी नेपाली पक्षलाई गराएको थियो। विशेषत हिमालको उच्च भागमा विभिन्न खाले सुरुङ निर्माण गर्नुपर्ने र ती सुरुङमा अक्सिजन, प्रकाश, पानीको चुहावट, उकारो ओरालो र भूकम्पीय जोखिम रहेको जानकारी अध्ययनमा आएको चिनियाँ टोलीले गराएको थियो।

पढ्नुहोस् : काठमाडौं–केरुङ रेलमार्ग कठीन तर, सम्भव छ – अध्ययन

यद्यपी, रेलमार्ग निर्माण गर्न सकिनेबारे जानकारी नेपाल र चीन सरकारलाई गराइसकिएको छ। नोभेम्बरमा काठमाडौंमा हुने बैठकले डिपिआर तयार पार्न ठोस काम अगाडि बढाउने अपेक्षा गरिएको छ। त्यसैगरी यसले वातावरणमा समेत नकारात्मक असर गर्ने भएकाले त्यसलाई कम गर्ने अर्काे चुनौती रहेको छ।

यदि सो काम नोभेम्बरबाट शुरु भएमा सन् २०२१ सम्म डीपस्आर तयार हुनेछ र रेल निर्माणको लागि ९ वर्ष लाग्ने अनुमान गरिएको छ। कामले गति लिएमा सन् २०३० भित्र चिनियाँ रेल काठमाडौ आउने सरकारी अधिकारीको भनाइ छ।

पढ्नुहोस् : भारत र चीनको रेल स् काम सँगसँगै, कुन पहिले आउला ? 

डीपीआरको कामसँगै लगानीको विषयमा समेत दुवै देशको विचमा कुराकानी भएको छ। अनुदानमा बनाइदिन नेपालले गरेको आग्रहलाई चीनले अस्वीकार गरिसकेको छ। त्यसैले कति ऋण र कति अनुदानमा बनाउने भन्ने विषयमा छलफल हुनेछ। अहिलेसम्म ३० प्रतिशत लगानी गर्ने र ७० प्रतिशत अनुदानमा बनाइदिन चीनलाई आग्रह गर्ने नेपालको तयारी छ।

पढ्नुहोस् : काठमाडौंमा विद्युतीय कार्गो रेल पुर्‍याउन चीनसँग सम्झौता

ताजा समाचार

सम्बन्धित समाचार