काठमाडौँ – प्रतिनिधिसभाको बुधबार बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का घनश्याम खतिवडाले मोरङको जाँतेस्थित जाते माध्यमिक विद्यालयको खानेपानी ट्याङ्कीमा विषादी मिसाइएको घटनाको निन्दा गर्दै दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।
उनले आपत्कालीन अवस्थामा तत्काल उद्धारका काम तत्काल गर्न सुरक्षाकर्मीलाई पर्याप्त साधनस्रोत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए।
नेपाली काँग्रेसका प्रकाशमान सिंहले काठमाडौँ क्षेत्र नं १ का भूभाग जलमग्न भएका तथा अधिकांश घरमा धोबीखोला र वाग्मती प्रवेश गरेको जानकारी दिए। बाढीका कारण धेरै भौतिक सम्पत्ति नाश भएको छ भन्दै उनले नदीनाला सफा गर्न स्थापना भएका सङ्घसंस्थाले आफ्नो दायित्व पूरा नगरेको भनी रोष प्रकट गरे ।
यता लेटाङ नगरपालिकाकी उपमेयर कृष्ण कुमारी निरौलाले भने घटनाको बारेमा अनुसन्धान भइरहेको बताएकी छिन्। ‘पानीको ट्यांकीमा कसले बिष हाल्यो भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ, उनले भनिन् ‘अहिले सम्म पत्ता लागेको छैन् चाँडै नै पत्ता लगाउनेछौँ ।’
उक्त घटनाका पीडित विद्यार्थीको नगरपालिकाले नै उपचार गरिदिने समेत उनले बताइन् ।