Wednesday, October 30, 2024

अरुण नदीले खतरा तह पार गर्यो, सप्तकोशी आसपासमा बाढीको जोखिम

काठमाडाैँ– सप्तकोशीको शाखा नदीमध्येको अरुण नदीमा पानीको बहाब ह्वात्तै बढेको छ । बहाबले खतरा तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

अरुणले खतरा तह पार गरेसँगै सुनसरी, सप्तरी लगायत कोशीको आसपासका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन समेत विभागले आग्रह गरेको छ ।

त्यस्तै सुनकोशीले पनि सतर्कता तह पार गरेको छ । भने तमोर र चतरा नदीको बहाब पनि खतरा तह आसपास नै रहेको छ । त्यसैले सप्तकोशी तथा यसका शाखा नदीहरूमा उच्च सतर्कता अपनाउन विभागको आह्वान छ ।

ताजा समाचार

सम्बन्धित समाचार