काठमाडौँ – आजका पत्रपत्रिकामा विकास निर्माण तथा वातावरणीय मुद्दाका विभन्नि विषयमा समाचार प्रकाशित भएको छ ।
कान्तिपुर
–आजको कान्तिपुरमा फेवा अतिक्रमण ४४ वर्षदेखि शिर्षकमा लालप्रसाद शर्माको समाचार छापिएको छ । पर्यटन व्यवसायी कर्ण शाक्यले २०६४ मा फेवाताल किनारको १० मिटरभित्रै पार्क भिलेज वाटर फ्रन्ट रिसोर्ट बनाउन जग हाले । तत्कालीन पोखरा उपत्यका नगर विकास समितिले त्यसलाई भत्काइदियो । त्यसपछि शाक्यले मुख्य संरचनालाई केही पर (६५ मिटर मापदण्ड बाहिर) सारे । तर, विभिन्न शक्तिकेन्द्र धाएर उनले सानातिना संरचना भने तालकै जग्गा मिचेर बनाए ।
सर्वोच्च अदालतको आदेशबाट गठित छानबिन समितिको प्रतिवेदनमा रिसोर्टले करिब २२ आना जग्गा अतिक्रमण गरी भौतिक संरचना बनाएको उल्लेख छ । सर्वोच्चको वैशाख १२ को आदेशपछि प्रमुख नापी अधिकृत नारायण रेग्मीको संयोजकत्वमा गठित समितिको प्रतिवेदनअनुसार सरकारी सार्वजनिक जग्गामा वाटर फ्रन्टले संरचना बनाएको हो । फेवातालको ६५ मिटर वरपर कुनै संरचना बनाउन नपाइने भए पनि वाटर फ्रन्टले बनाएको र जग्गासमेत मिचिएको प्रतिवेदनमा छ । तालको संरक्षणका लागि जिविस कास्कीको १५ औं जिल्ला परिषद् र नगर विकास समितिको २०६४ साउन २८ को बोर्ड बैठकले ६५ मिटर क्षेत्रमा कुनै पनि संरचना बनाउन नपाइने निर्णय गरेको थियो ।
वाटर फ्रन्ट बनाइएको स्थानमा पहिला खहरे खोला बग्थ्यो । खोला आसपासको ढाव क्षेत्र सार्वजनिक जग्गा हो र हालको रिसोर्टभन्दा तलबाट एउटा मूलबाटो थियो । २०३२ सालदेखि खोला र जग्गा व्यक्तिले दर्ता गर्न थाले । त्यसरी दर्ता भएको जग्गा २०६१र६२ मा शाक्यले किने । भीम गुरुङ, मंगले पोडे, गणेशभक्त शर्मा, यदुनाथ, चन्द्रकान्त पहारीलगायतबाट ८९६६।३१ वर्गमिटर क्षेत्रफलको जग्गा रिसोर्ट प्रालिको नाममा किनेको मालपोत कास्कीको अभिलेखमा छ । ‘पहँुचकै भरमा जानीजानी शाक्यले यहाँको जग्गा किनेका हुन्,’ पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछानेले भने, ‘तर जतिसुकै पहुँच पुर्याएर चलखेल गरे पनि एक दिन सत्यको जित र असत्यको हार हुने रहेछ भन्ने पुष्टि भएको छ ।’ लामिछाने अध्यक्ष भएका बेला शाक्यले तालसँग जोडेर बनाएको भवन भत्काइएको थियो ।
भारतको सहयोगमा २०१७ मा फेवातालमा बाँध बनाइएको थियो । बाँध २०३१ पुस १७ मा फुटेर तालको माथिल्लो भागमा पानी सुक्न पुग्यो । त्यहीबेला व्यक्तिले तालको जग्गा आफ्नो नाममा दर्ता गर्न थाले । तत्कालीन ९ नम्बर नापी गोश्वाराले स्थानीयले ल्याएको २०२२, ०२६, ०२७, ०३४, ०३५ सालको रसिद देखाएर जग्गा नापी गरेको मालपोत कार्यालयको अभिलेखमा छ । मालपोत ऐन २०३४ लागू भएपछि २०३८ मा पनि केही जग्गा नापी भएको देखिन्छ । २०३३–३४ सालमा सर्पट नापी हुँदा तालको १६९२–६–०–१ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको सरकारले २०६८ मा गठन गरेको फेवातालको जग्गा छानबिन समितिको प्रतिवेदनमा छ । प्रतिवेदनअनुसार उक्त बाँध फुटेका बेला करिब एक हजार व्यक्तिले तालको जग्गा व्यक्तिगत बनाएका थिए । नगर विकास समितिका पूर्वअध्यक्ष लामिछानेको संयोजकत्वमा समिति गठन भएको थियो । लामिछाने समितिले उक्त जग्गा दर्ता खारेजका लागि सरकारसँग सिफारिस गरेको छ । तर सरकारले यसतर्फ कुनै पहल गरेको छैन । योबाहेक प्रतिवेदनमा फेवातालको विगत र अहिलेको अवस्थाबारे स्पष्ट गरिएको समाचारमा उल्लेख छ ।
त्यस्तै भौंतारिँदै विस्थापित शिर्षकमा अनिश तिवारीको समाचार छापिएको छ । कोसिनडाँडामा झरेको पहिरोले टहरोसहित पुरेपछि बाह्रबिसे नगरपालिका ४ भिरकुनाकी रञ्जिता भण्डारी घरबासविहीन भएकी छन् । पहिरो थामिएपछि पुरिएका भाँडाकुँडा खोज्दै गर्दा भेटिएकी उनले छिमेकीको सहारा लिएर बसेको बताइन् ।
‘पहिरोले सर्वस्व लग्यो,’ पीडित भण्डारीले भनिन्, ‘यति ठूलो आपत् पर्दा पनि कोही सहायतामा आएनन् ।’ पहिरो खसेपछि प्रहरी, प्रशासनदेखि जनप्रतिनिधिलाई फोन गर्दा तत्कालै आउने आश्वासन दिएका थिए । पीडितको उद्धारमा प्रहरीसमेत नआएको उनले सुनाइन् । ‘नगर प्रमुखज्यूले त फोन नै उठाउनुभएन, प्रजिअले व्यस्त रहेको बताउनुभयो, प्रहरीले आउन नसक्ने सूचना दिए,’ उनी भन्छिन्, ‘आपत्विपत्मा एक्लै परिने रहेछ ।’ बिहान खबर गरे पनि दिउँसो अबेर मात्रै वडा सदस्यलगायत केही जनप्रतिनिधि पहिरोको अवस्था हेर्न आएका थिए ।
यहाँको अवस्था हेरी सुरक्षाको जिम्मा लिनुपर्नेमा जनप्रतिनिधिले चासो नदिँदा विस्थापित परिवार भौंतारिरहेका छन् । बाह्रबिसे नगरपालिका ४ को भिरकुना र ३ को कोसिनडाँडामा पहिरो लाग्दा ११ परिवारको बास उठेको छ ।
बिहानदेखि झर्न थालेको माथिल्लो भूभाग पूरा बग्दा भिरकुना र कोसिनडाँडाका भूकम्पपीडितको भागभाग भएको थियो । ‘कोसिनडाँडाबाट खस्न थालेको पहिरोले तल्लो बस्ती भिरकुनादेखि तलका सबै धरापमा पारेको स्थानीय हीरा खड्काले बताए । सधैंजसो परेको पानीले खसेको पहिरोसँगै बस्ती बग्न थालेको उनले सुनाए ।
मेलम्ची नगरपालिका ज्यामिरे खड्का थोकका प्रेमबहादुर बस्नेत नवर्निर्मित घरमा बस्न नपाउँदै पहिरोले पुरेपछि कहाँ जाने भन्ने अन्योलमा छन् । ‘पहिरोले लखेट्छ नै जस्तो छ,’ उनले भने, ‘अब कहाँ जाने थाहा छैन् ।’ मेलम्चीको खड्काथोक टोल नै जोखिममा परेको उनले प्रस्ट्याए । ‘बर्खा लागेसँगै यहाँको बस्ती जोखिम छ,’ उनी भन्छन्, ‘तीन वर्षमा बल्लतल्ल उभ्याएको टहरासमेत पहिरोले पुर्यो ।’
मध्यबर्खाको अविरल वर्षाले जताततै झरेको भीषण पहिरोका कारण जिल्लाभर २ दर्जनभन्दा बढी परिवार आवासविहीन बनेका छन् । पूर्व तातोपानीको गाउँबजार क्षेत्रदेखि पश्चिम हेलम्बुसम्मका सयौं बस्तीमा पहिरोको त्रास छ । सीमावर्ती तातोपानी, बाह्रबिसे नपास्थित गातीको सिगार्चे, घुम्थाङ, त्रिपुरासुन्दरी गाउँपालिकाको कर्थली, पिस्कर हुँदै मेलम्ची, चौतारा साँगाचोकगढी नगरपालिकासम्मका विस्थापित बिचल्लीमा छन् । पहिरोग्रस्थ स्थानमा भौगोलिक अवस्था हेरेर सुझाव दिनुपर्ने स्थानीयको माग छ । जिल्लाभर बर्खाको मौसमका कारण जताततै विपत्ति निम्त्याएको जिल्ला प्रहरीले जनाएको छ । ‘विस्थापितको संख्या यकिन भन्न नसकिए पनि दिनहुँ झर्ने पहिरोले धेरैको घरबार उठाइरहेको छ,’ जिल्ला प्रहरी प्रमुख मुकुन्द मरासिनीले भने । जिल्लाभर पहिरोले क्षति पुगेका स्थानमा प्रहरी खटाइएको उनले बताएको समाचारमा उल्लेख छ ।

नागरिक
–आजको नागरिकमा नारायणगढ–मुग्लिन सडक :भासिएको महिना पुग्दा पनि भएन मर्मत शिर्षकमा सविता श्रेष्ठको समाचार छापिएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको सत्रकिलोमा सडक भासिएको एक महिना हुँदा पनि मर्मत सुरु गरिएको छैन । असारको तेस्रो सातादेखि हल्का चिरा पर्न थालेको सडक असार २६ गते रातिबाट एकतर्फी मात्र यातायात सञ्चालन गर्न मिल्ने गरी भासिएको हो।
नारायणगढबाट १७ किलोमिटर मुग्लिनतर्फ गाईघाटनजिक सडक भासिएको हो । दुई लेनको सडकको बीच भागमा झन्डै एक लेनजति भासिएको छ । करिब पाँच मिटर चौडाइ र २० मिटर लम्बाइ सडक भासिएको छ । सडक भासिएपछि सो क्षेत्रमा सवारीसाधन आवागमन एकतर्फी सञ्चालन भइरहेको छ।
सडकको चौडाइको आधाभन्दा बढी भाग भासिइसकेको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुरालले बताए । सडक भासिने क्रम बढ्दै गएको उनले जानकारी दिए । सडक बीचबाट भासिएर नदीतर्फ लच्किएको छ । ‘वर्षाका कारणले सडक भासिएको पाइएको छ’, बिसुरालले भने, ‘पहिला त पुरेर मर्मत गरेर गाडी चलाउन सकिन्छ कि जस्तो थियो तर अहिले धेरै नै भासिइसक्यो।’
सडक धेरै भासिएकाले तत्काल मर्मत गरी भासिएको ठाउँमा दुईतर्फी सवारीसाधन सञ्चालन गर्न नसकिने उनले बताए । जमिन गलेको समय भएकाले कमजोर भएको ठाउँमा पानी बगेर सडक छुट्टिने समस्या आउने उनले जानकारी दिए । २०६० सालतिर पनि त्यस ठाउँमा सडक भासिने समस्या देखिएको उनले बताए । त्यस बेला पनि सडकको आधाजसो भाग दबिने समस्या देखिएको उनले बताए । ‘त्यो बेला जुन समस्या देखिएको हो, त्यही नै अहिले दोहोरिएको छ’, उनले भने, ‘त्यति बला अध्ययन गरेर, उचित संरचना बनाएर समाधान गरिएको थियो ।’ भासिएको सडक बनाउन सडकमुनि नदी किनारबाट त्यससमय ड्रिल गरेर १९ मिटर र २१ मिटर लम्बाइको रड एंकर गरेर राखेर समस्या समाधान गरिएको उनले बताए।
पहिले बनाएको संरचनाले काम गर्न छाडेर नै सडक भासिने समस्या फेरि देखिएको उनको भनाइ छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले भासिएको सडकका कारण नारायणगढ–मुग्लिन खण्डमा ट्राफिक व्यवस्थापन गर्न गाह्रो भएको बताए । पहिरो जाँदा सडकखण्डमा यातायात व्यवस्थापन गर्न गाह्रो भएको अनुभव उनको छ।
‘पहिरो हटाएर बाटो खुलाइसकेपछि पनि सडक एकतर्फी गराएर सञ्चालन गर्न कठिनाइ हुने गरेको छ’, उनले भने, ‘यातायात सञ्चालन सहज गराउन धेरै गाह्रो हुन्छ ।’ सत्रकिलोमा दबिएको सडक सडकखण्डको प्रमुख समस्याको बनिरहेको ट्राफिक प्रमुख गौतमले बताए । भासिएको ठाउँमा ठूला गाडी सञ्चालन गर्न समस्या हुने गरेको उनले जानकारी दिए । अहिले दुईतर्फ नै ट्राफिक प्रहरी खटाएर सवारी आवागमन सहज बनाउने काम कार्यालयले गरिरहेको उनले बताएको समाचारमा उल्लेख छ।
नेपाल समाचारपत्र
–अाजकाे समाचापत्रमा माेदीखाेलामा अवैध दाेहन शिर्षकमा समाचार छापिएकाे छ । कालिगण्डकी नदीमा अवैधरुमा दोहन हुने कुरा त नौलो रहेन, तर पछिल्लो समय पर्वतको मोदीखोलाबाट पनि अवैधरुपमा ढुंगा, गिटी, बालुवा दोहन हुन थालेको छ ।
पर्वतको मोदी गाउँपालिका वडा नं ६ स्थित डिमुवा बजारनजिकैदेखि मोदीखोलबाट अवैधरुपमा जथाभावी गिटी, बालुवा निकाल्ने गरिएका कारण नदी आसपासका स्थानीय त्रसित बनेका छन् ।
मध्यराति नदीबाट जथाभावी गिटी, बालुवा निकालेर लैजाने गरेका कारण मोदी गाउँपालिका वडा नम्बर ६ तिलाह डिमुबाको पूरै बस्ती जोखिममा परेको छ । नदीबाट जथाभावी बालुवा निकाल्दा वर्षातको समयमा जुनसुकै बेला नदी किनारमा रहेका बस्तीमा पस्न सक्ने खतरा बढेको छ । मोदी गाउँपालिका ६ नम्बर वडामा पर्ने बाग्लुङ पोखरा राजमार्गसँगैको तल्लो डिमुवा बजार खतरामा परेको समाचारमा उल्लेख छ ।
अन्नपूर्ण पोस्ट
–आजको अन्नपूर्ण पोस्टमा बगरमा माफियाको रजाइँ भन्ने शिर्षकमा युवराज पुरीको समाचार छापिएको छ । वर्षातमा खोला नदीमा बालुवा, ढुंगालगायत सामग्री उत्खननमा रोक लगाए पनि रातभर स्काभेटर लगाएर बालुवा उत्खनन् भइरहेको छ ।
राजनीतिक आवरणमा नदीमा बालुवा तस्करी भइरहेको इन्द्रवती किनारका स्थानीयको आरोप छ। राजनीतिक आवरणमा गुन्डागर्दीका कारण देखेर पनि चुप लग्न बाध्य भएको स्थानीय बताउँछन्। स्थानीय तहले पुनर्निर्माणलाई लक्ष्य गर्दै जेठसम्मका लागि श्रमिकको प्रयोगबाट निश्चित क्षेत्रमा उत्खनन् अनुमति दिएको थियो ।
असारपछि पनि त्यही अनुमतिलाई हतियार बनाउँदै रातभर बालुवा उत्खनन् भइरहेको छ। जेठसम्म तहका पदाधिकारीका आफन्त र कार्यकर्ता भएकाले पनि नदी दोहन नियन्त्रणमा स्थनीय तहले तदारुकता नदेखाएको समाचारमा उल्लेख छ ।