काठमाडौँ– यस वर्षकाे मनसुन मध्य समयमा अाइपुग्दा गत वर्षकाे तुलनामा बढी वर्षा भएकाे छ ।
गत वर्ष मनसुनकाे मध्य समयसम्म ४० देखि ५० प्रतिशतकाे हाराहारीमा वर्षा भएकाेमा याे वर्ष ५५ देखि ६० प्रतिशत पुगेकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ।
नेपालमा यो वर्ष अाैसतभन्दा २ दिन अघि अर्थात जुन ८ मै मनसुन भित्रिएकाे थियाे। यसअघिका वर्षमा अाैसतभन्दा एक साता ढिलाे गरी मात्र मनसुन भित्रिने गरेकाेमा याे वर्ष २ दिन अगाडि नै भित्रिएकाले पनि मनसुनी वर्षा राम्राे भएकाे विभागकाे अनुमान छ।
मनसुन भित्रिएकाे एक साता पछि मात्र पश्चिमी वायु सक्रिय बनेकाेमा त्यसपश्चात अाैसतमा वर्षा भएको विभागकाे तथ्यांक छ। याे वर्ष मुलुककाे पूर्वी तराईमा बढी वर्षा भएपनि उत्तर पश्चिममी क्षेत्रमा कम वर्षा भएकाे छ।
गत वर्षको तुलनामा यस वर्ष मनसुनी वर्षा धेरै भएको मौसमविद मञ्जु बासी बताउँछिन्। उनका अनुसार गत वर्ष यो समयसम्ममा ४० देखि ५० प्रतिशत मात्र वर्षा भएको थियो ।
विभागका अनुसार हालसम्म लुम्ले, झापाकाे गैंडा र जिरी स्टेशनमा धेरै वर्षा भएको छ। हिमाली क्षेत्र थाकमार्फा, जोमसोम र जुम्लामा सबैभन्दा कम पानी परेको जल तथा मौसम विज्ञान विभागकाे तथ्यांक छ।
जेठ १८ गतेदेखि हाल (साउन २८ गते) सम्म झापामा ६० प्रतिशत अर्थात १ हजार ५०० मिलिमिटर वर्षा भएको छ। ताप्लेजुंगमा ४५ प्रतिशत अर्थात् ७ सय मिलिटिर, खाँदबारीमा ४५ प्रतिशत अर्थात् ७ सय मिलिमिटर, धरानमा ८ सय मिलिमिटर ५० प्रतिशत, विराटनगरमा करीब ५० प्रतिशत अर्थात् ८ सय मिलिमिटर, सुनसरीकाे तरहरा करीब ६० प्रतिशत अर्थात् १ हजार मिलिमिटर, धनकुटामा ३० प्रतिशत अर्थात् २ सय मिलिमिटर, राजबिराजमा ३० प्रतिशत अर्थात् ३ सय मिलिमिटर वर्षा भएको विभागकाे तथ्यांक छ।
त्यसैगरी, उदयपुरगढीमा ५५ प्रतिशत अर्थात् ९ सय मिलिमिटर, लहानमा ६५ प्रतिशत अर्थात् ७ सय मिलिमिटर, ओखलढुंगामा ४० प्रतिशत अर्थात् ४ सय ५० मिलिमिटर, काभ्रेमा ६० प्रतिशत अर्थात् करीब १ हजार २ सय मिलिमिटर वर्षा भएको तथ्यांक छ।
जिरीमा ८० प्रतिशत अर्थात् १ हजार ४ सय मिलिमिटर वर्षा हुँदा जनकपुरमा ४० प्रतिशत अर्थात् ६ सय मिलिमिटर, जलेश्वरमा ९० प्रतिशत अर्थात् ७ सय मिलिमिटर, काठमाडाैंमा ८० प्रतिशत अर्थात् ९ सय मिलिमिटर, रामपुरमा ३० प्रतिशत अर्थात् ६ सय मिलिमिटर, सिमरामा ५५ प्रतिशत अर्थात् ९ सय मिलिमिटर, गोदावरीमा ४० प्रतिशत अर्थात् ५ सय मिलिमिटर वर्षा भएको छ।
लुम्लेमा सबैभन्दा धेरै लुम्ले २ हजार ५ सय मिलिमिटर अर्थात ५५ प्रतिशत वर्षा भएको छ। पोखरामा ४० प्रतिशत अर्थात् करीब १ हजार ५ सय मिलिमिटर, भैरहवामा ६५ प्रतिशत अर्थात् १ हजार मिलिमिटर, तानसेनमा ६० प्रतिशत अर्थात् ८ सय मिलिमिटर, खाँचीकोटमा ४० प्रतिशत अर्थात् ६ सय मिलिमिटर वर्षा भएको छ।
तौलिहवामा ७० प्रतिशत अर्थात् ९ सय मिलिमिटर वर्षा हुँदा थाकमार्फामा सबैभन्दा कम १ सय मिलिमिटर वर्षा भएको छ। जोमसोममा पनि १ सय मिलिमिटर मात्र वर्षा भएको छ। तर, यो जुम्लाका लागि ८० प्रतिशत हो। दाङमा ६० प्रतिशत अर्थात् ७ सय ५० मिलिमिटर, नेपालगञ्जमा ७० प्रतिशत अर्थात् ९ सय मिलिमिटर, सुुर्खेतमा ५० प्रतिशत अर्थात् ७ सय ५० मिलिमिटर वर्षा भएको छ।
चौरझरिटारमा झन्डै शतप्रतिशत वर्षा भएको छ। त्यहाँ अहिलेसम्म ९ सय मिलिमिटर वर्षा भएको छ। त्यसैगरी जुम्लामा ५० प्रतिशत अर्थात् २ सय ५० मिलिमिटर, धनगढीमा ५० प्रतिशत अर्थात् ५ सय मिलिमटिर, दिपायलमा पनि ५० प्रतिशत नै वर्षा भएको छ। जसअनुसार ४ सय मिलिमिटर वर्षा भएको तथ्यांक छ। त्यसैगरी डडेलधुरामा ५० प्रतिशत अर्थात् ५ सय मिलिमिटिर र दार्चुलामा ६० प्रतिशत अर्थात् १ हजार ३ सय मिलिमिटर वर्षा भएको छ।