Friday, September 20, 2024

ट्राफिक इन्जिनियर गजुरेलसँग भिडियो अन्तर्वार्ता, ‘ट्राफिक जाम समाधान गर्न सार्वजनिक यातायातलाई सुधार गर्नुपर्छ’


काठमाडौं – ट्राफिक इन्जिनियर आशिष गजुरेलले काठमाडौं उपत्यकाको ट्राफिक जामको समस्या समाधानका लागि सार्वजनिक यातायात प्रणालीमा सुधार गर्नुपर्ने औंल्याएका छन्।

उपत्यकामा ट्राफिक जाम हुनुको कारण यसको समाधान तथा सार्वजनिक यातायात व्यवस्थापनमा देखिएका चुनौती विषयमा हाकाहाकीकर्मी शालिक भट्टसँग कुरा गर्दै गजुरेलले यस्तो धारणा राखेका हुन्।

नेपालमा सार्वजनिक यातायात प्रणाली एकदमै कमजोर रहेको उल्लेख गर्दै ट्राफिक इन्जिनियर गजुरेलले सम्बन्धित निकाय सार्वजनिक यातायातलाई सुधार गर्नेभन्दा पनि सडक बढाउने, फ्लाइओभर बनाउने जस्ता काममा लाग्नाले उपत्यकामा ट्राफिक व्यवस्थापन हुन नसकेको बताए ।

साथै उनले सार्वजनिक यातायातले सेवामुखीभन्दा पनि बढी नाफामुखी ढंगबाट यातायात सञ्चालन गर्नाले पनि समस्या थपिएको बताए । गजुरेलले सार्वजनिक यातायातमा सुधार हुन नसक्नाले मानिसको निजी सवारीप्रति आकर्षण बढेको र त्यसले गर्दा सवारीको चाप सडकले धान्ने भन्दा पनि बढी भएको बताए। उनी उचित नीति नियम नहुनु पनि अर्को कारण रहेको बताउँछन्।

हेर्नुहाेस् गजुरेलसँगकाे  भिडियो अन्तर्वार्ता ।

ताजा समाचार

सम्बन्धित समाचार